काठमाडौँ – कोरोना भाइरस संक्रमण भएकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद शान्ता चौधरीलाई आइसियुमा सारिएको छ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि सँग-सँगै लक्षण समेत देखिएकी उनको स्वास्थ्य थप गम्भीर बन्दै गएसँगै उनलाई आइसियुमा सारिएको हो।

उनमा असोज १९ गते कोरोना संक्रमणको पुष्टि भएको थियो भने उनी बीर अस्पतालमा भर्ना भएकी थिइन । कोरोना भाइरस संक्रमणले स्वास्थ्य अवस्था थप जटिल बनाउँदै लगेपछि उनलाई शुक्रबार आइसियुमा सारिएको हो।
यस अगाडी उनले आफूलाई स्वास फेर्न गाह्रो भएको भएको जानकारी गराएकी थिइन्। सामाजिक संजाल मार्फत उनले स्वास प्रस्वासमा कठिनाई भएको भन्दै फोन भन्दा म्यासेज गर्न भनेकी थिइन्।

शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । साथै पछिल्लो समय उनलाई दमले पनि च्यापिरहेको थियो। दमले च्यापिरहेकै बेला कोरोना पुष्टि भएका कारण उनको अवस्था गम्भीर बनेको छ।
उपचारमा संलग्न चिकित्सकहरुले कोरोनाका कारण स्वास्थ्यमा जटिलता थपिएपछि शान्तालाई आइसियुमा सारिएको जानकारी दिए। चौधरी सत्तारुढ नेकपा संसदीय दलकी सचेतक पनि हुन्।
![]()
