काठमाडौँ – सशस्त्र प्रहरी बलले ठूलो संख्यामा जवान पदको लागि दरखास्त आह्वान गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग अन्तर्गतको भर्ना तथा छनौट शाखाले शनिबार एक सूचना प्रकाशित गर्दै ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो।
खुला, समावेशी सहित विभिन्न समूग अन्तर्गत १ हजार ८ सय ३३ जना जवानका लागि दरखास्त आह्वान गरिएको भर्ना तथा छनौट शाखाले जनाएको छ।
सशस्त्रले खुलातर्फ ८ सय ८८, अमर/अशक्त सशस्त्र प्रहरी कर्मचारी सन्ततितर्फ २० जनाका लागि दरखास्त आह्वान गरेको छ । यस्तै, समावेशीअन्तर्गत महिला १ सय ६५, आदिबासी जनजाति २ सय ६४ जना, मधेसी २ सय ३१ जना, दलित १ सय २४ जना र पिछडिएको क्षेत्रका ४१ जना मागेको छ।
दरखास्त दिनको लागि १८ वर्ष पूरा भइ २२ वर्ष ननाघेको नेपाली नागरिक (महिलापुरुष) हुन पर्नेछ। सशस्त्र प्रहरी बलका अनुसार दरखास्त दिनेहरुले कम्तिमा ८ कक्षा उत्तिर्ण गरेको हुन पर्नेछ।
दरखास्त असोज २४ गते देखि कात्तिक २३ गतेसम्ममा दिन सकिनेछ।




