सरकारले भन्यो – “डा. केसीले राखेका माग अहिले पूरा सकिँदैन”

काठमाडौँ – सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं चरणको आमरण अनशनमा रहेका प्राडा गोविन्द केसीलाई अनशन तोड्न अनुरोध गरेको छ।

डा. केसीसँग वार्ता गर्नका लागि सरकारले गठन गरेको वार्ता टोलीका संयोजक शिक्षा सचिब गोपिनाथ मैनालीले शनिबार एक विज्ञप्ति जारी गर्दै अनशन तोड्न अनुरोध गरेका हुन्।

वर्तमान अवस्थामा देश कोरोना महामारीसँग लडिरहेको र कोरोना महामारी विकाराल अवस्थामा पुगेको भन्दै डा. केसीलाई अनशन तोड्न मैनालीको आग्रह छ। साथै उनले डा. केसीले राखेका मागहरु केही पूरा भएको र केही पूरा हुने चरणमा रहेकोसमेत समेत दावी गरेका छन्।

स्वास्थ्य ऐन बनेर कार्यान्वयनमा आइसकेको र सो अनुसार काम पनि भइरहेको मैनालीले विज्ञप्तिमा उल्लेख गरेका छन्। केहि दिन देखि डा. केसीका प्रतिनिधिसँग भएको वार्ताका क्रममा ती मागबारे सरकारले गरेको तयारीबारे स्पष्ट पारिएको मैनालीले जनाएका छन्।

चिकित्सा शिक्षा ऐन, नियमावली जारी भईसकेको, चिकित्सा शिक्षा आयोग बनेर एकीकृत प्रवेश परीक्षा, सिट निर्धारण, एकीकृत शैक्षिकसत्र र सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत छात्रवृत्ति लगायत नियमन सम्बन्धि व्यवस्था गरिएको मैनालीले विज्ञप्तिमा स्पष्ट पारेका छन्।

‘कोरोनाको विषम परिस्थितिलाई आत्मसात गर्दै अनशन अन्त्य गर्न वार्त समिति विनम्रपूर्वक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति निम्न छन् –

प्रकाशित : शनिबार, असोज २४, २०७७१७:०५

एकै परिवारका आठ जनामा कोरोना सङ्क्रमण !