काठमाडौँ : महिलालाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
सुनसरी ईटहरी बस्ने ३० वर्षीया महिलालाई करणी गरेको आरोपमा लेटाङ नगरपालिका–४ गंगे चोकका ३२ वर्षीय विनोद ओझालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
लेटाङ नगरपालिका–३ स्थित नमूना सामुदायिक वनमा पुगेकी महिलामाथि ओझाले दुष्कर्म गरेको भन्ने उजूरीका आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान अघि बढाएको बताइएको छ ।