मृत कुकुरको सम्झनामा प्रियंकाका जेठाजु /जेठानीले बनाए यस्तो टाटु !

‘गेम अफ थ्रोन्स’ स्टार सोफी टर्नर र उनका पति गायक ‘जो जोनस’ ले घरमा पालेको कुकुरको सम्झनामा मिल्दोजुल्दो ट्याटु बनाएका छन्। यी दुइ दम्पतीले दुर्घटनामा परि मृत्यु भएको पाल्तु कुकुर ‘वाल्डो’ को नाममा कुकुरसंग मिल्दोजुल्दो अनुहार भएको टाटु बनाएका हुन्।  टर्नरले सोमवार इंस्टाग्राम स्टोरीमा यस प्रकारको टाटु राख्दै उक्त कुराको जानकारी गरेकी हुन्। यो वाल्डोको तस्बिर हो जुन ‘अलास्कन क्ली काई नस्ल’ को कुकुर थियो।

यस तस्बिर सार्वजनिक गर्दै टर्नरले क्याप्सनमा लेखेकी छिन ‘मलाई तिम्रो साह्रै याद आउछ वाल्ड़ो’ . तिम्रो  आत्माले शान्ति पाओस मेरो बच्चा।’

त्यस्तै जो ले टाटुको एक तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा “आर.आई.पी. माई लिटिल एंजेल।” भन्दै लेखेका छन्।

यस तस्बिरमा अभिनेत्री प्रियंका चोपडाले हार्ट एमोजी सहित कमेन्ट गरेकी छिन्।

प्रियंका पति निक जोनसले पनि यस तस्बिरमा आफ्नो प्रतिक्रिया जनाएका छन्।  जहाँ उनले दुई हात जोडेको इमोजी शेयर गरेका छन।

 

प्रकाशित : मङ्गलबार, साउन १४, २०७६०७:५५

असोज १७ मा ‘छ माया छपक्कै’ संग ‘रातो टिका निधारमा’