पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण, मागे माफी!

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्री भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सङ्क्रमित भएको जानकारी दिनुभएको हो । गत सोमबार गरेको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपनि शुक्रबार राति हल्का ज्वरो आएपछि आज विहान गरिएको परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँले जानकारी दिनुभयो ।

मन्त्री भट्टराईलाई हल्का ज्वरोबाहेक अरु कुनैपनि समस्या देखिएको छैन । उहाँले केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिलाई कुनै स्वास्थ्य समस्या देखिए कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ ।

मन्त्री भट्टराईले आफ्नो कारणले कोही कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको समेत बताउनुभयो ।

प्रकाशित : शनिबार, असोज २४, २०७७२०:२१

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द