भक्तपुरका गेष्ट हाउसहरुमा प्रहरीको छापा, एक दर्जन भन्दा बढी पक्राउ !

काठमाडौँ – भक्तपुरका गेष्ट हाउसहरुमा प्रहरीले छापा मारेको छ। अनैतिक क्रियाकलाप हुने गरेको गुनासो बढेसँगै प्रहरीले भक्तपुरका तीनवटा गेष्ट हाउसमा छापा मारेको हो।

गेष्ट हाउसमा अवैध क्रियाकलाप हुने गरेको भन्ने गुनासो तथा सुराक प्राप्त भएपछि सुनकोशी गेष्ट हाउस, सनसाईन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउस गरी तीन गेष्ट हाउसमा छापा मारिएको महानगरीय प्रहरी वृत थिमिले जनाएको छ ।

प्रहरीले सो क्रममा सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सुनकोशीबाट सञ्चालक कमल गिरीसहित रमेश घजु र २० वर्षीया युवतीलाई पक्राउ गरिएको छ।

त्यस्तै सनासईन गेष्ट हाउसबाट सञ्चालक दिलध्वज खड्का सहित दुई महिला र दुईजना पुरुष पक्राउ परेका छन् भने बालकुमारी गेष्ट हाउसका सञ्चालक नरेश बोगटीसहित चार महिला र एकजना पुरुष पक्राउ परेका छन्।

प्रकाशित : आइतबार, असोज २५, २०७७०९:४४

‘राजनीतिक नेतृत्वले कोरोना नियन्त्रण गर्न सकेन, अब नेतृत्व विज्ञलाई दिइनुपर्छ’