असोज महिनाको अन्तिम हप्ता कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष राशि  

अधुरा रहेका कार्य यो हप्ता पूरा हुने सम्भावना रहेको छ। कार्यस्थलमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। आकस्मिक खर्च हुने देखिन्छ। परिवारका सदस्यसँग आनन्दमय समय बित्नेछ। यदि तपाईं कसैलाई प्रेम प्रस्ताव प्रस्ताव सोच्दै हुनुहुन्छ भने समय अनुकूल रहनेछ। व्यापार व्यवसाय गर्ने व्यक्तिको आय र सम्पत्ति बढ्नेछ। वाणिज्य क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूले जग्गा-भवनहरूको बिक्री र खरीदबाट पनि लाभ लिन सक्छन्। बुबाको स्वास्थ्यमा समस्या आउन सक्छ।

वृष राशि 

पारिवारिक र व्यापारिक जिम्मेवारीहरू बढ्नेछ। वाणी तथा क्रोधमा संयम राख्नुहोला, अन्यथा बनिसकेको काम पनि बिग्रन सक्छ। बच्चाहरूको प्रकृतिमा जिद्दीपन आउन सक्छ। विद्यार्थी वर्गको लागि अध्ययनमा केही अवरोध हुन सक्छ। आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। रोजगार क्षेत्रमा रहेकाले कार्यस्थल परिवर्तन गर्न चाहनुहुन्छ भने समय उत्तम छैन।

मिथुन राशि 

मिथुन राशिका व्यक्तिहरू हप्ताको सुरूमा छोटो यात्रामा जाँदा पनि यात्राको क्रममा पूरा सावधानी अपनाउनुहोला। शत्रु पक्षसँग निकै सावधान रहनु पर्ने देखिन्छ। कार्यक्षेत्रमा विरोधी सक्रिय हुनसक्छन्। राजनीतिक गतिविधिमा रुचि बढ्नेछ। पूँजी लगानी गर्नु भन्दा पहिले राम्रोसँग सोच बिचार गरेर मात्र अगाडी बढ्नुहोला। प्रेम सम्बन्ध प्रगाढ हुनेछ।

कर्कट राशि 

तपाईंको लागि यस दिन मश्रित रहनेछ। भाग्यवृद्धि हुने सम्भावना रहेको छ। उच्च अधिकारी र सहयोगीहरूको कारण कार्य योजनाहरू समयमै सम्पन्न हुनेछन्। यस समयमा तपाईंको स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। अधिक कामको कारण शारीरिक थकान रहनेछ। विद्यार्थी वर्गको लागि समय शुभ रहनेछ। आर्थिक हिसाबले यो हप्ता शुभ रहनेछ। आकस्मिक धन लाभको सम्भावना रहेको छ।

सिंह राशि 

रोजगारको खोजीमा रहेकाको लागि यो हप्ता सफलता मिल्नेछ। आकस्मिक धन प्राप्ति हुनेछ। यस समयमा कुनै नयाँ साझेदारी पनि हुन सक्छ। व्यापारमा अप्रत्याशित लाभ मिल्न सक्छ। परिवारका सदस्यसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। पत्नीको स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्। प्रेम सम्बन्धमा मदभेद हुन सक्छ।

कन्या राशि 

कुनै पनि काममा लापरवाही तपाईंको लागि अत्यन्त नोक्सानदायी हुनसक्छ। व्यापारीहरूले लेनदेनको मामलामा केहि समस्याको सामना गर्नु पर्ने हुनसक्छ। कार्य व्यस्तताको कारण प्रेम सम्बन्ध प्रभावित हुने सम्भावना रहेको छ। आँखा सम्बन्धि समस्याले सताउन सक्छ। कार्यक्षेत्रका वरिष्ठ व्यक्तिहरूको सहयोगमा योजनाहरू समयमै सम्पन्न हुनेछन्। यद्यपि सन्तान सम्बन्धि चिन्ताहरू रहिरहनेछ।

तुला राशि 

भूमि सम्बन्धी कार्यमा फाइदा हुनेछ। पारिवारिक समस्याहरू समाधान हुनेछ। रोकिएका कार्यहरू पूरा हुनेछन्। व्यापार व्यवसायमा नयाँ सहयोगी भेटिनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। यात्राको योग बन्नेछ। धार्मिक कार्यहरूमा रुचि बढ्नेछ। विशेष कार्यहरू पूरा हुनेछन्। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ।

वृश्चिक राशि

वृश्चिक राशिको यो हप्ता धार्मिक कार्यमा संलग्न बढ्नेछ। मित्र र परिवारका साथ रमाईलो गर्ने धेरै अवसरहरू मिल्नेछन्। व्यापार व्यवसायीहरुको लागि यो हप्ता अनुकूल रहनेछ। बेरोजगार व्यक्तिहरूले रोजगारीका अवसरहरू पाउनेछन्। मित्रता प्रेम मामिलामा परिणत हुन सक्छ। आमाको स्वास्थ्यमा विशेष ध्यान राख्न जरूरी देखिन्छ। वाणीमा संयम राख्नुहोला।

धनु राशि 

धनु राशिका व्यक्तिहरूले यस हप्ता अनावश्यक क्षेत्रहरूमा यात्रा गर्नुपर्नेछ। रोजगारीको खोजीमा रहेकाले शुभ खबर प्राप्त गर्नेछन्। व्यापारमा अप्रत्याशित लाभ हुनेछ। अनावश्यक खर्च बढ्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। यो समय विद्यार्थी र युवाहरूको लागि उपयुक्त हुनेछ। दाम्पत्य जीवनमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।

मकर राशि 

मकर राशिको लागि यो हप्ताको सुरूवात तनावपूर्ण हुन सक्छ। यस समयमा परिवारका सदस्यहरूसँग केहि वैचारिक मदभेद देखा पर्न सक्छन्। व्यापारिक व्यक्तिको लागि यो हप्ता अत्यन्त शुभ रहनेछ। आकस्मिक धन लाभको योग रहेको छ। औषधि सम्बन्धि क्षेत्रमा रहेका मानिसले हप्ताको अन्त्यमा अपेक्षा भन्दा बढी लाभ पाउनेछन्। सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ।

कुम्भ राशि 

प्रेम सम्बन्धमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहनेछ। व्यापार व्यवसायमा विशेष सफलता मिल्ने सम्भावना रहको छ। कार्यक्षेत्रमा चाडपर्वको तपाईंको जिम्मेवारी र कामको बोझ बढ्नेछ। दुश्मनहरूसँग बढी होशियार रहन आवश्यक छ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तथा सहकर्मीको भरपूर साथ सहयोग मिल्नेछ।

मीन राशि 

व्यापारीहरूले व्यापारमा धेरै लाभ प्राप्त गर्नेछन्। विवाह सम्बन्धि वार्ता सफल रहनेछ। जीवनसाथीसँग लामो यात्रामा जाने मौका मिल्नेछ। यस समयमा, आफ्नो स्वास्थ्यको राम्रो ख्याल राख्नुहोस्। आर्थिक लेन-देनको लागि यो हप्ता शुभ छैन। यो हप्ता प्रेम र नयाँ सम्बन्ध स्थापनाको लागि राम्रो समय हो। वाणीमा भने विशेष ख्याल राख्न जरूरी देखिन्छ।

प्रकाशित : आइतबार, असोज २५, २०७७२०:२५

भोलि असोज २७ गते मंगलबार, कुन राशिलाई कति शुभ? हेर्नुहोस दैनिक राशिफल!