नवरात्री २०२०: ५८ वर्षपछि बन्दैछ दुर्लभ योग, १२ राशिमा पर्नेछ यस्तो प्रभाव!

यसवर्षको नवरात्रि अक्टोबर १७ देखि सुरु हुँदैछ। अरु वर्षभन्दा यो वर्षको नवरात्रीमा विशेष योग बन्न गइरहेको छ। यो समयमा शनि मकर र बृहस्पति धनु राशिमा रहनेछ । करिब ५८ वर्षपछि यी २ ग्रह आफ्नै स्वामित्व रहेको राशिमा हुनेछन् । यो नवरात्रीको पहिलो दिनबाट नै सूर्यको राशि परिवर्तन हुनेछ । सूर्यले  तुला राशिमा प्रवेश गर्नेछ । बुध पनि तुलामा रहनेछ। यसलाई बुध आदित्य योग भनिन्छ। यसले हरेक राशिमा शुभ-अशुभ प्रभाव पार्नेछ  । जानीराखौ कुन राशीलाई कस्तो प्रभाव पर्नेछ:

मेष राशि 

विवाहको योग बन्न सक्छ। रोगबाट छुटकारा पाउन सकिन्छ।

वृष राशि 

दुश्मनको प्रभाव कम हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

मिथुन राशि 

सन्तान सुख मिल्ने सम्भावना छ। आर्थिक लाभ प्राप्त हुनेछ।

कर्कट राशि 

आमासँगको प्रेम बढ्नेछ। कार्यक्षेत्रमा विशेष सफलता मिल्नेछ।

सिंह राशि 

सोचेको योजना सिद्ध हुनेछ। दाजु-भाईबाट साथ सहयोग प्राप्त हुनेछ।

कन्या राशि 

स्थायी सम्पत्ति लाभदायक रहनेछ। धन लाभ मिल्नेछ।

तुला राशि 

मिहेनत गरे अनुसार उत्कृष्ट फल मिल्नेछ। सोचेको कार्य पूरा हुने योग रहेको छ।

वृश्चिक राशि 

धन लाभ मिल्नेछ तर खर्च पनि अत्याधिक हुनेछ। परिवारमा मनमुटावको स्थिति सिर्जना हुनसक्छ।

धनु राशि 

आर्थिक सफलता मिल्नेछ। कार्यक्षेत्रबाट विशेष लाभ प्राप्त हुनेछ।

मकर राशि 

मानसिक तनाव बढ्नेछ। मिहेनत पश्चात पनि उचित सफलता मिल्ने छैन।

कुम्भ राशि 

मित्रगणबाट साथ सहयोग मिल्नेछ। भाग्यवृद्धिको योग रहेको छ।

मीन राशि 

दुर्घटनाको योग रहेको छ। सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला। शत्रुबाट पनि हानि हुनसक्छ।

प्रकाशित : बुधबार, असोज २८, २०७७१८:०६

बडादशैँ शुरुः आज घटस्थापना, साइत बिहान ११: ४६ मा