१४ अक्टोबरको दिन बुध ग्रह तुला राशीमा वक्री हुँदैछ। ज्योतिषशास्त्रमा कुनै पनि ग्रहको वक्री अवस्थामा फल राम्रो मानिदैन, यद्यपि यो कुण्डलीको स्थिति अनुसार लाभदायक पनि हुन्छ। बुधको वक्रीले सबै १२ वटै राशिमा प्रभाव पार्नेछ।
मेष राशि
यस समयमा तपाईं निकै होशियार हुन जरूरी देखिन्छ। अनावश्यक वाद-विवादबाट बच्नुहोला। यदि केहि शुभ कार्य गर्न चाहनु भएको छ भने यो समय उत्तम छैन।
वृष राशि
आर्थिक लेन-देनको लागि समय शुभ रहने छैन। व्यक्तिगत जीवनमा तपाईंले यो समयमा आफन्तजनसँगको सम्बन्ध सुधार गर्न आवश्यक छ।
मिथुन राशि
यो अवधि तपाईंको लागि शुभ रहनेछ। तपाईं आफ्नो भविष्यको लागि कुनै ठोस योजना बनाउन सक्नुहुन्छ। घरमा केहि मांगलिक कार्य सम्पन्न हुनसक्छ।
कर्कट राशि
तपाईंको लागि यो समय स्वास्थ्यको हिसाबले राम्रो छैन। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग सुमधुर सम्बन्ध स्थापन गर्नुहोस्।
सिंह राशि
तपाईंको लागि यो समय केहि कठिन हुनसक्छ। सफलता प्राप्त गर्नको लागि पहिले भन्दा कडा परिश्रम गर्नु पर्छ। यात्राबाट पनि लाभ मिल्न सक्छ। कुनै अपूर्ण काम सम्पन्न हुन सक्छ।
कन्या राशि
आर्थिक हिसाबले यो समय अत्यन्त शुभ रहनेछ। आकस्मिक धन लाभ मिल्नेछ। ऋण दिएको धन फिर्ता हुने सम्भावना छ। खर्चमा पनि वृद्धि हुने देखिन्छ।
तुला राशि
यस राशिको लागि यो समय निकै सुखमय रहनेछ। मिनेनत अनुसार कार्य सफलता मिल्नेछ। आर्थिक लाभ प्राप्त हुने सम्भावना देखिन्छ।
वृश्चिक राशि
यो अवधि तपाईंको लागि चुनौतीपूर्ण हुन सक्छ। कार्यक्षेत्रमा परिस्थिति सोचे अनुरुप अनुकूल नरहला। तपाईंको कामले उच्च पदाधिकारी प्रशन्न नरहलान्।
धनु राशि
तपाईंको लागि यो समय लाभदायक रहनेछ। कार्यक्षेत्रमा विशेष लाभ प्राप्त गर्नुहुनेछ। विशेषगरी व्यापार व्यवसाय क्षेत्रमा रहेको लागि यो समय अत्यन्त शुभ रहनेछ।
मकर राशि
तपाईंको लागि यो समय शुभ रहनेछ। तपाईं यस समयमा राम्रो फलहरू प्राप्त गर्न सक्नुहुनेछ। घरमा कुनै प्रकारका मांगलिक कार्य सम्पन्न हुनसक्छ।
कुम्भ राशि
बुधको वक्री तपाईंको लागि लाभकारी साबित हुनेछ। कार्यक्षेत्रमा पदोन्नती तथा सफलता प्राप्त गर्नुहुनेछ। मिहेनत अनुसार सफलता प्राप्त गर्न सकिनेछ।
मीन राशि
आर्थिक हिसाबले यो अवधि शुभ हुनेछैन। त्यसैले धनको मामलामा सावधान रहनुहोस्। सोचविचार नगरी निर्णय गर्नु तपाईंको लागि हानिकारक हुन सक्छ।