भोलिबाट नवरात्री शुरु: राशि अनुसार यसरी गर्नुहोस दुर्गा माताको पूजा!

कार्तिक १ गते अर्थात् १७ अक्टोबरबाट नवरात्री आरम्भ हुँदैछ। यो वर्षको नवरात्री विशेष योग बन्न गइरहेको छ। यो समयमा शनि मकर र बृहस्पति धनु राशिमा रहनेछ। करिब ५८ वर्षपछि यी २ ग्रह आफ्नै स्वामित्व रहेको राशिमा हुनेछन्।

राशि अनुसार कुन राशिले दुर्गा माताको कुन स्वरूपको पूजा गर्नु पर्छ त? जानीराखौ:

मेष राशि 

मेष राशि हुने मानिसहरुले ‘माता मंगला देवी’ को पूजा गर्नुपर्छ र ॐ महागौर्यै नम: / ॐ मंगला देवी नम: मन्त्र जप गर्नुहोस्।

वृष राशि 

वृष राशि हुने  मानिसले ‘मा कात्यायनी’ को पूजा गर्नु पर्छ र ॐ कात्यायनी नम: मन्त्र जप गर्नुहोस्।

मिथुन राशि 

मिथुन राशिका व्यक्तिले ‘मां दुर्गा’ को पूजा गर्नु पर्छ र ॐ दुर्गाये नम: मन्त्र जप गर्नुहोस्।

कर्कट राशि 

कर्कट राशि भएका मानिसहरूले ‘मा शिवाधात्री’ को पूजा गर्नुपर्छ र ॐ शिवाय नम: मन्त्र जप गर्नुहोस्।

सिंह राशि 

सिंह राशिका मानिसहरूले ‘मा भद्रकाली’को पूजा गर्नुपर्छ र ॐ कालरूपिन्ये नम: मन्त्र जप गर्नुहोस्।

कन्या राशि 

कन्या राशिका मानिसहरुले ‘माँ जयन्ती’ को पूजा गर्छन र ॐ अम्बे नम: वा ॐ जगदंबे नम: मन्त्र जप गर्नुहोस्।

तुला राशि 

तुला राशिका मानिसले माताको ‘क्षमा रूपी’को पूजा गर्नुहोस र ॐ दुर्गादेव्यै नम: मन्त्र जप गर्नुहोस्।

वृश्चिक राशि 

वृश्चिक राशीका मानिसहरूले ‘मा आंबे’को पूजा गर्नु पर्छ र ॐ महागौर्यै नम: वा ॐ अम्बिके नम: मन्त्र जप गर्नुहोस्।

धनु राशि 

धनु राशिका व्यक्तिले ‘मां दुर्गा’ को पूजा गर्नु पर्छ र ॐ दूं दुर्गाये नम: मन्त्र जप गर्नुहोस्।

मकर राशि 

यस राशिका मानिसले  माताको ‘ शक्ति रूपी’ को पूजा गर्नु पर्छ र ॐ दैत्य-मर्दिनी नम: मन्त्र जप गर्नुहोस्।

कुम्भ राशि 

कुम्भ राशिका मूल निवासीले ‘मा चामुंडा’को पूजा गर्छन र ॐ महागौर्यै नम: वा ॐ चामुण्डायै नम: मन्त्र जप गर्नुहोस्।

मीन राशि 

मीन राशिका व्यक्तिले ‘मा तुलाजा’ को पूजा गर्नु पर्छ र ॐ तुलजा देव्यै नम: मन्त्र जप गर्नुहोस्।

प्रकाशित : शुक्रबार, असोज ३०, २०७७२०:५४

सूर्यले गर्यो राशि परिवर्तन, यी ५ राशिलाई लाभै-लाभ !