काठमाडौँ : पाँचथर फाल्गुन्नद गाउँपालिका ५ बस्ने ४८ बर्षीया सुनिता चेम्जोङले जंगली च्याउ खादा उनको मृत्यु भएको छ ।
साउन ७ गते चेम्जोङ र निजकी सासु सन्तमायाले जंगलबाट च्याउ ल्याएर खाएपछी दुबै जान बिरामी भएका थिए। सन्तमायाको मोहनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको छ।
सुनिताको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा मंगलबार बिहान साढे ४ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।