पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२ जना कोरोना संक्रमितको मृ-त्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर २२ जनाको ज्यान गएको जानकारी दिएका छन्।
डा. गौतमका अनुसार मृ-त्यु हुनेमा ५ महिला र १७ जना पुरुष रहेका छन्। मृ-त्यु हुनेमा सबैभन्दा बढी बागमती प्रदेश मा १४ जना छन् भने प्रदेश १ मा तीन जना, प्रदेश दुई मा १ जना र लुम्बिनी प्रदेशमा तीन जना छन्।
योसँगै हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ६३६ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ४१६ जना सहित देशभर २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएकामध्ये काठमाडौंका मात्र ११४५ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या१ लाख ७ हजार ७७५ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५५२ जना कोरोना मुक्त भएको छ। जससँगै कोरोनामुक्त हुनेको सङ्ख्या ७५ हजार ८०४ पुगेको छ । हाल देशभर ३१ हजार ३१५ जना सक्रिय सङ्क्रमित रहेका छन्।