बिहान हाम्रो दिमाग धेरै संवेदनशील हुन्छ। त्यसैले, यदि बिहान हाम्रो दिमागमा सकारात्मक कुरा बस्यो भने हाम्रो दिन पनि सकारात्मक रूपमा बित्छ तर यदि बिहानै हाम्रो दिमागमा केहि नकारात्मक चिज बस्यो भने हाम्रो पूरा दिन नै नकारात्मक रूपले चल्छ। तसर्थ, यदि हाम्रो बिहान शुभ दर्शन र शुभ कार्यहरूको साथ सुरू हुन्छ भने पूरै दिन शुभ हुन्छ।
यस्तोमा, बिहानको समय यस्ता संकेत मिल्नु निकै शुभ मानिन्छ। यदि तपाईंलाई पनि बिहानको समयमा यस्ता संकेत मिल्छ भने बुझ्नुहोस् कि तपाईंको दिन अत्यन्त शुभ रहने वाला छ।
- बिहान उठ्ने बित्तिकै शंख वा मन्दिर घण्टीको आवाज सुन्नु शुभ मानिन्छ।
- यदि तपाईंले बिहान नरिवल, शंख, मयूर, हाँस वा फूल देख्नु भयो भने तपाईंको पूरा दिन शुभ रहनेछ।
- यदि बिहान घरबाट निस्किने बित्तिकै सरसफाई गरेको देख्नुभयो भने यो पनि शुभ संकेत मानिन्छ।
- बिहान उठ्ने बित्तिकै गाई देख्नु भयो वा गाईको आवाज सुन्नुभयो भने त्यो अत्यन्त शुभ हुनेछ।
- धर्मशास्त्र र ऋषि मुनिका अनुसार ईश्वरीय शक्तिहरू हाम्रो हातको हत्केलामा हुन्छन्। बिहान हात देख्नु पनि शुभ हो।
- बिहानको समयमा जल पन्क्षी, सेतो फूल, हात्ती, मित्र देख्नु शुभ मानिन्छ।
- बिहान आगो देख्नु वा हवन देख्नु पनि शुभ हुन्छ।
- गोबर, सुन, तामा, हरियो घाँस देख्नु पनि बिहानको लागि शुभ मानिन्छ।
- बिहानको समयमा शृंगारले सजिएकी सुन्दर महिला देख्नु पनि अत्यन्त शुभ मानिन्छ।
- बिहान हवन गरेको देख्नु भयो भने त्यो शुभ तथा मंगलकारी मानिन्छ।