भाइरल गायिका रानुको जीवनमा फेरी अध्यारो, फर्किइन पुरानो घरमा!

एजेन्सी, सन् २०१९ मा सामाजिक संजालमा भाइरल भएकी गायिका रानु मण्डलको जिन्दगीमा अध्यारो छाएको छ। रानु मण्डलले रेल्वे स्टेशनमा बसेर चर्चित गायिका लता मंगेश्वकरको गीत गाएर  रातारात भाइरल भएकी थिइन्।

सामाजिक संजालमा पनि उनको गाएको  गित भाइरल भएको थियो। त्यसपछि उनको भाग्य नै चम्किएको थियो । तर संसारभर फैलिएको कोरोना भाइरसको कारण उनको जीवन पुन: पहिलेकै अवस्थामा पुगेको छ।

कोरोना भाइरसको कारण अहिले बलिउडमा कुनै काम भएको छैन। त्यसैले रानुको आर्थिक  स्थिति खराब हुदै गएको छ।  भारतीय समाचार माध्यमको अनुसार रातारात भाइरल भएपछि रानु  नया घरमा बस्थिन तर अहिले उनि आफ्नो पुरानै घरमा फर्किएकी छिन्। रानु मण्डललाई गित गाउँको लागि हिमेश रेशमियाले मौका दिएका थिए। त्यसपछि अझ बढी उनको चर्चा हुन थालेको थियो। एकपटक उनि धेरै मेकअप गरेको कारण ट्रोल समेत बनेकी थिइन्।

प्रकाशित : सोमबार, असोज २६, २०७७१५:०४

हजुर आमा बन्ने उमेरमा विवाह गर्ने बलिउड नायिका यी हुन् !