उपत्यकामा २२८३ सहित देशभर ४ हजार भन्दा बढी कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? [तथ्यांकसहित]

पछिल्लो २४ घण्टामा  देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८ सय ०२  पुगेको छ।

आज १४ हजार ५ सय ३० जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएका छन्। यससंगै हालसम्म निको हुनेको संख्या ७७ हजार २ सय ७७  पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या  ३३ हजार ८ सय ८०  छ।

त्यस्तै, बिहिबार थप ९ जनाको ज्यान गएसँगै हालसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ६४५  पुगेको छ।

उपत्यकामा २२ सय भन्दा बढी संक्रमित 

सोमबार काठमाडौं उपत्यकामा २२ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज २ हजार २ सय ८३ जना कोरोना संक्रमित थपिएका हुन्।

आज थपिएकामध्ये काठमाडौंका मात्र १८८८ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ११८ र ललितपुरमा २७७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अन्य कुन जिल्लामा कति ? हेर्नुहोस विवरण !

प्रकाशित : सोमबार, असोज २६, २०७७१६:२६

सास गन्हाएर हैरान हुनुहुन्छ ? त्यसो भए घरमै अपनाउनुस् यस्ता उपाय !