किसमिस पोशाक तत्व को भण्डार हो. अन्य सबै सुख्खा [हलारू को जस्तै यसको चर्चा पनि धेरै भएको पाईन्छ। तर जब तपाइलाई यसको स्वास्थ्य लाभको बारेमा थाहा हुन्छ तब तपाई यसलाई नियमित रुपमा सेवन गर्नुहुनेछ। आज हामी किसमिस खानुका स्वास्थ्य लाभको बारेमा क हि कुरा बताउन गइ रहेका छौं। किसमिस सेवन गर्नुका सबै भन्दा राम्रो तरिका भनेको यसलाई सकेसम्म भिजाएर सेवन गर्दा स्वास्थ्य मा बिशेस खालको फाइदा पुग्ने देखिन्छ। एक जिलास पानीमा ८-१० दाना जति किसमिस लै रातभर भिज्न दिई र बिहान खाली पेटमा यसको सेवन गर्नाले स्वास्थ्य मा बिशेस लाभ पुग्ने देखिन्छ।
किसमिसमा अधिक मात्रामा पोषक तत्व पाईन्छ
किसमिसमा आइरन , पोटासियम , म्याग्नेसियम अधिक मात्रामा मिश्रित भएको हुन्छ। त्यसैले यसलाई स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। किसमिसमा प्राकृतिक चिनीको मात्रा पनि अत्यधिक मात्रामा रहेको हुन्छ। किसमिस सामान्यतया सुकेको अंगुर जस्तो हुन्छ। यो हरियो , कालो तथा खैरो रंगमा पाईन्छ। यसको प्रायोग खानाको साथै डेसरटको रुपमा पनि गरिन्छ। यसमा अधिक मात्रामा क्यालोरी हुन्छ त्यसैले यसको सेवन सिमित मात्रामा मात्र गर्नु पर्दछ यहाँ हामी भिजेको किसमिस तत्य्हा त्यसको पनि खाँदा स्वास्थ्यमा हुने फैदको बारेमा बताइरहेका छौं।
किसमिसको पानी पिउनुका फाइदा
लिभर
किसमिस स्वास्थ्यका लागि सबै भन्दा प्रभावकारी सुक्खा फल हो। यसले शरिरमा रहेको विषाक्त पदार्थलाई निकाल्न मदत गर्दछ। किसमिसको पानी दैनिक रुपमा सेवन गर्नाले लिभरको खराबी बाट हमेशा बच्न सकिन्छ।
पाचन प्रणालीमा सुधार
भिजेको किसमिस मा क्यालोरीको मात्रा एकदम धेरै रहेको हुन्छ , त्यसैले यो कुरामा ध्यान दिनु जरुरि छ कि यसलाई धेरै मात्रामा प्रयोग भने गर्नु हुदैन। यसलाई नियमित रुपमा खानामा प्रयोग गर्ने हो भने पाचन सम्बन्धि सम्पुर्ण समस्याबाट मुक्त हुन् सकिन्छ। वास्तबमा यसमा फाइबरको मात्रा पनि धेरै हुन्छ। यसलाई एक गिलास पानीमा १-१२ दाना सम्म भिजेर खानाले पेटलाई सफा गर्न सहयोग गर्दछ।
प्रतिरक्षा प्रणालीमा सुधार
किसमिस मा रोग प्रतिरोधात्मक क्षमता पनि भएको हुन्छ। अझ भन्ने हो भने भिजेको किसमिस मा सबै प्रकारको पौष्टिक तत्व समाबेश भएको हुन्छ। जसको सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमतमा समेत सहायोग गर्दछ। साथमा यसले अन्य ब्याक्टेरिया साथै संक्रमण हुन बाट पनि बचाऊछ।
क्यान्सरबाट बच्न मदत गर्छ
सुख किसमिस मा यति धेरै शक्ति हुन्छ कि यसले शरीरमा क्यान्सर भएको छ भने पनि त्यसलाई रोक्छ र स्वस्थ बनाउन मदत गर्दछ। क्यान्सर हुदा रगतमा पाइने पोलिफोनोलिक एन्टीअकसिड़ेनन्ट हुन बाट पनि बचाउछ।
मुख गन्हाउने समस्याबाट छुटकारा
मुखबाट आउने गन्धलाई नियन्त्रण गर्नका लागि पनि किसमिस सेवन गर्नु उत्तम उपाय हो। खासगरी महिला हरुमा यस्तो किसिमको समस्या छ भने यसलाई नियमित रुपमा सेवन गर्नाले यस्तो समस्या बाट छुट्कारा पाउन सकिन्छ।
उच्च रक्तचाप नियन्त्रण
बिशेसज्ञका अनुसार किसमिस सेवन बाट तपाई छिट्टै रिसाउने समस्या बाट मुक्त हुन सक्नुहुनेछ। माथि बताई सकिएको छ कि किसमिस मा शरीरलाई आवश्यक पर्ने पोशाक तत्व पोटासियम प्रशस्त मात्रामा पाइन्छ। त्यसैले यसको सेवनले उच्छ रक्तचाप नियन्त्रण गर्न पनि सहयोग गर्दछ।
एनिमियाको रोकथाम
भनिन्छ कि किसमिस सेवनबाट एनिमिया संग लड्न सक्ने क्षमता राख्दछ। वास्तवमा किसमिस आइरनको श्रोत हो। साथै यसमा ‘भिटामिन बि’ पनि प्रशस्त मात्रामा पाइन्छ। यी सबै तत्वहरु रक्त संचारका लागि उपयुक्त मानिन्छ , यसले शरीरमा राता रक्ताकोसको निर्माण गर्न पनि सहयोग गर्दछ। त्यसैले किसमिस लाई खानामा नियमित रुपमा प्रयोग गर्नाले विशेष लाभ उठाउन सकिन्छ।