काठमाडौँ – मंगलबार अमेरिकी डलर सोमबारको तुलनामा केहि महँगो भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि अमेरिकी डलर एकको खरिददर एक सय १६ रुपैयाँ ९४ पैसा र विक्रिदर एक सय १७ रुपैयाँ ५४ पैसा तोकेको छ। डलरको यो विनियम दर सोमबारको तुलनामा २२ पैसाले बढी हो।
मंगलबार युरोको विनियमदरमा सामान्य मात्रै परिवर्तन भएको छ। सोमबार एकको खरिददर एक सय ३८ रुपैयाँ ०३ पैसा र विक्रिदर एक सय ३८ रुपैयाँ ७४ पैसा रहेको युरोको विनियमदर आज एक युरोको खरिददर एक सय ३८ रुपैयाँ ०१ पैसा र विक्रिदर एक सय ३८ रुपैयाँ ७२ पैसा तोकिएको छ।
अन्य कुन देशको विनियम दर कति ?
नेपाल राष्ट्र बैंकले तोके अनुसार विभिन्न देशका मुद्राको विनियम दर निम्न छन्।
– साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र विक्रिदर ३१ रुपैयाँ ३५ पैसा ।
– कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र विक्रिदर ३२ रुपैयाँ २९ पैसा ।
– युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र विक्रिदर ३२ रुपैयाँ ०१ पैसा।
– मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १७ पैसा र विक्रिदर २८ रुपैयाँ ३१ पैसा।
– कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०८ पैसा र विक्रिदर १० रुपैयाँ १४ पैसा।
– एक कुवेती दिनारको एकको खरिददर ३ सय ८१ रुपैयाँ ८९ पैसा र विक्रिदर ३ सय ८३ रुपैयाँ ८५ पैसा।
– एक बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ १९ पैसा र विक्रिदर ३ सय ११ रुपैयाँ ७८ पैसा।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।