चलचित्र जगतमा नायक र नायिका बन्नको लागी कति उचाई हुनुपर्छ भन्ने कुनै पनि मापदण्ड छैन। तर, नायक नायिका अग्लो भएको नै रुचाउने गरिन्छ। नायक मात्र नभई नायिका पनि अग्ला नै रुचाउने गरिएको छ।
बलिउडमा पनि होचा भन्दा अग्ला नायिकाहरुको बाक्लो उपस्थिति रहेको पाउन सकिन्छ। बलिउडमा रहेका केहि नायिकाहरु नायकहरु भन्दा पनि अग्ला छन्। जसमध्ये केहि निम्न छन्।
सुष्मिता सेन
सुष्मिता सेन बलिउडकी धेरै सुन्दर अभिनेत्री हुन्। पूर्व विश्व सुन्दरी समेत रहेकी सेनले अहिले सम्म धेरै चलचित्रमा काम गरिसकिन्। सेनले गोविंदा, सलमान खान,आमिर खान जस्ता नायकहरुसँग काम गरिसकेकी छन्। सुष्मिता बलिउडकै अग्ली नायिकाहरुको सूचीमा पर्छिन्। उनको उचाई ५ फिट ७ इन्च छ।
क्याट्रिना कैफ
बलिउडमा कयौं हिट चलचित्र दिसकेकी क्याट्रिना बलिउडकै सबै भन्दा सफल नायिकाको रुपमा परिचित छिन्। धेरै नै सुन्दर रहेकी क्याट्रिनाको उचाई ५ फिट ६ इन्च छ। क्याट्रिना बलिउडका केहि नायकहरु भन्दा पनि अग्ली छन्। क्याट्रिना आमिर खान भन्दा पनि अग्ली छन्। यस्तै अन्य नायकहरु पनि क्याट्रिनाको अगाडी होचा देखिन्छन्।
दीपिका पादुकोण
दीपिका पादुकोण पनि बलिउडकी अग्ली नायिकामा पर्छिन्। बलिउडकै सबै भन्दा सफल नायिकाको रुपमा परिचित दीपिका पादुकोणको उचाई ५ फिट ७ इन्च छ। दीपिका बलिउडका धेरै नायकहरु भन्दा पनि अग्ली छिन्।
बिपाशा बसु
अभिनेत्री बिपाशा बसु बलिउडमा फिटनेसका लागि चर्चित छिन्। बिपाशाको उचाई पनि दीपिका सरह छ। बिपाशाको उचाई ५ फिट ७ इन्च छ। बलिउडका धेरै नायक पनि बिपाशाको अगाडी होचा देखिन्छन्।
सोनम कपूर
“सांवरिया” फिल्मबाट बलिउडमा डेब्यु गरेकी सोनम कपूर अनिल कपूरकी छोरी हुन्। बक्स अफिसमा सोनम कपूरका चलचित्रहरुले खासै कमाल गर्न नसकेता पनि सोनमको व्यस्ततामा भने कुनै कमि आएको छैन। सोनम सुन्दर मात्र नभई अग्ली नायिका पनि हुन्। उनको उचाई ५ फिट ९ इन्च छ।