यी बलिउड अभिनेत्रीले गरे सबै भन्दा धेरै विवाह, एकले त विवाहको मामलामा रेकर्ड नै बनाइन्

एजेन्सी – अफेयर, ब्रेकअप, विवाह, डिभोर्स बलिउडमा नौलो होइन। बलिउडमा कसको कोसँग अफेयर शुरु हुन्छ र ब्रेकअप हुन्छ ठेगान नै हुँदैन। विवाह र डिभोर्सको मामलामा पनि बलिउड भित्र यस्तै छ।

यस्तै एक सम्बन्ध टिक्न नसकेपछि दोस्रो अनि तेस्रो विवाह गर्ने बलिउड कलाकारको पनि कमि छैन। यसरी १ वा १ भन्दा बढी विवाह गर्न भ्याउनेमा पुरुष मात्र नभई महिला कलाकारहरु पनि छन्। सबै भन्दा धेरै विवाह गरेका बलिउड अभिनेत्रीहरु निम्न छन्।

किरण खेर

किरणको पहिलो विवाह गौतम बेरीसँग भएको थियो। तर सम्बन्ध बिग्रिएपछि यी दुई बीच डिभोर्स भयो। केहि समय पछि किरणले अनुपम खेरसँग विवाह गरिन्। अहिले किरण अनुपमसँग सुखद सम्बन्धमा छिन्।

सुनिधि चौहान

सुनिधि चौहान बलिउडकी चर्चित गायिका हुन्। सुनिधिले पहिलो विवाह मात्रै १८ वर्षको उमेरमा कोरियोग्राफर बबी खानसंग गरेकी थिइन्। सम्बन्ध लामो समय सम्म नटिकेपछि सन् २०१२ मा सुनिधिले हितेश सोलंकीसंग विवाह गरिन्।

नीलम कोठारी

९० को दशककी चर्चित नायिका नीलमको ऋषि सेठियासँग सन् २००० मा भएको थियो। तर सम्बन्ध नटिकेपछि सन् २०११ मा नीलमले समिर सोनीसँग विवाह गरिन्।

नीलिमा अजिम

बलिउड नायिका नीलिमाले विवाहको मामलामा ह्याट्रिक नै गर्न भ्याइन्। नीलिमाको पहिलो विवाह निर्माता/कलाकार पंकज कपूरसँग भएको थियो। यी दुईबाट शाहिद कपूर जन्मिएका थिए। सम्बन्ध नटिकेपछि नीलिमाले दोस्रो विवाह राजेश खट्टरसंग गरिन्। सन् २००१ मा राजेशसँग पनि नीलिमाको डिभोर्स भयो। जसपश्चात उनले उस्ताद रजा अली खानसंग विवाह गरिन्।

बिंदिया गोस्वामी

बिंदिया गोस्वामी र विनोद मेहरा बीच कुनै एक समयमा गहिरो प्रेम थियो। यी दुईले विवाह पनि गरे। तर, सम्बन्ध लामो समय सम्म टिक्न नसकेपछि डिभोर्स गरी बिंदियाले डायरेक्टर जेपी दत्तासँग विवाह गरीन्।

प्रकाशित : मङ्गलबार, असोज २७, २०७७१७:३०

यी अभिनेत्रीले बंगाली फिल्मको साथै बलिउडमा पनि आफ्नो हटनसले लगाईन तड्का!