हरेक दिन सुन्दर बनेर हिँड्ने सबै व्यक्तिको इच्छा चाहना हुने गर्छ। प्राय: महिलाहरु बजारमा आएका विभिन्न मेकअपका सामानहरु प्रयोग गरेरसुन्दर देखिने गर्छन् । उनीहरुलाई यसबाट हुने साईड इफेक्टको बारेमा जानकार नहुँदा दिनहुँजसो यस्ता चिजहरुको प्रयोग गर्ने गर्छन्। यस्ता मकेअपको सामग्री प्रयोग गर्नेमा पुरुष भन्दा महिलाको संख्या अत्यधिक रहेको देख्न सकिन्छ। आज हामी तपाईहरुलाई केही घरेलू उपायहरु बताउन जाँदैछौँ जुन प्रयोग गरेर सदैव आफूलाई सुन्दर राख्न सक्नुहुन्छ।
१. राती सुत्नु भन्दा अघि आफ्नो छालामा ब्राण्डेड फेसवास लगाउनुहोस् जसले बिहान उठ्दा तपाईको अनुहारमा भएको फोहोरमैलो निकाल्ने गर्छ र मुख धुँदा अनुहार सफा र चम्किलो देखिन्छ।
२. नियमित रुपमा बिहान उठ्नासाथ मौषम अनुसारको फल खाने गर्नुहोस। यसरी दैनिक जसो फलफूल खाँदा तपाईको अनुहार सफा हुनु साथै चम्किलो देखिने गर्छ।
a
३. तपाई खाली पेटमा ग्रीन टी खाने गर्नुहोस् किनकि यसले तपाईको शरिर र छाला दुवैलाई फाइदा पुर्याऊँछ।
४. राती सुत्नु भन्दा अगाडी घरेलू वस्तुहरु जस्तै कागती तयार,चन्दन ,अण्डा आदी एकसाथ मिलाएर अनुहारमा लगाउने गर्दा तपाईको शरिरको छाला नरम र सुन्दर हुनेगर्छ।
५. हरेक दिन बिहान केही समय कुनै क्रिम र तेलले आफ्नो अनुहारमा हल्का रुपमा मसाज गर्नुहोस जसले तपाईको अनुहारमा ठूलो चमक ल्याउन मद्धत पुर्याउने गर्छ।