१४ अक्टोबरबाट बुध ग्रह तुला राशीमा वक्री भइसकेको छ। बुधको वक्रीको केहि राशिमा अशुभ प्रभाव पर्छ भने केहि राशिमा शुभ प्रभाव पर्छ। यस बाहेक, केहि राशिमा मिश्रित प्रभाव पनि देखिने छ। जुन राशिमा बुधको वक्रीको शुभ प्रभाव पर्छ उक्त राशिका मानिसले अत्यन्त शुभ फल प्राप्त गर्छन्। जान्नुहोस् कुन-कुन ४ राशिमा यसको शुभ प्रभाव पर्छ त…
मेष राशि
विवाहसँग सम्बन्धित मुद्दाहरूको समाधान हुनेछ। ससुराल पक्षबाट सहयोग प्राप्त हुनेछ। केन्द्र वा राज्य सरकारसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। नयाँ कार्य सुरु गर्नको लागि वा दैनिक व्यापारीहरूको लागि समय शुभ रहनेछ।
मिथुन राशि
विद्यार्थीहरूले शिक्षा प्रतियोगितामा राम्रो सफलता प्राप्त गर्नेछन्। मान-प्रतिष्ठामा वृद्धि हुनेछ। आयका स्रोत बढ्नेछन्। यदि तपाईं नयाँ सेवाको लागि आवेदन दिन चाहानुहुन्छ वा विदेशी नागरिकताको लागि प्रयास गर्दै हुनुहुन्छ भने मौका राम्रो छ।
धनु राशि
कार्य व्यवसायमा आइरहेको अवरोधहरू हट्नेछ र प्रगतिको बाटो खुल्नेछ। नयाँ अनुबंधमा हस्ताक्षर गर्न समय अनुकूल छ। सरकारी क्षेत्रबाट विशेष लाभ मिल्ने सम्भावना छ। घरमा मांगलिक कार्यको आयोजना हुने सुअवसर आउनसक्छ। नव दम्पतिको लागि सन्तान प्राप्तीको योग रहेको छ।
मकर राशि
सरकारी क्षेत्रमा विशेष सफलता मिल्नेछ। समाजका प्रतिष्ठित व्यक्तिहरूसँगको सम्बन्ध बढ्नेछ। यदि तपाईं पनि राजनीतिमा संलग्न हुन चाहनुहुन्छ भने समय अनुकूल छ। रोजगारीका लागि गरिएका सबै प्रयासहरू सफल हुनेछन्।