पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृ-त्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर १२ जनाको ज्यान गएको जानकारी दिएका छन्।
योसँगै हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ६७५ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ४०३ जना सहित देशभर २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएकामध्ये काठमाडौंका मात्र ९९६ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार १७४ जना कोरोना मुक्त भएको छ। जससँगै कोरोनामुक्त हुनेको सङ्ख्या ८० हजार ९५४ पुगेको छ । हाल देशभर ३६ हजार ३६७ जना सक्रिय सङ्क्रमित रहेका छन्।