ऐनामा हेरेर आफैसंग बोल्नु पागलपन हो? जानीराखौ यसका फाइदाहरु!

के तपाई कहिले मुश्किल कामलाई समयमा नै पूरा गरेर खुशी हुनुभएको छ वा अफिसमा ढिला हुनुभएको कारण आफैसँग रिसाउनुभएको छ?यी दुवै परिस्थितिमा तपाई चुपचाप आफैसँग कुरा गरिरहनु हुन्छ भने तपाई मनमनै राम्रो काम गरेर खुशी रहनुहुनेछ। र नराम्रो काम गर्दा तपाइँ आफैलाई खराब लाग्छ। जब तपाई यही कुरा ठुलो स्वरमा गरिरहनु भएको छ भने दुवै परिस्थितिमा के अन्तर रहन्छ त? वास्तवमा यसरी ठुलो स्वरमा कुरा गर्नु, आफुसँग कुरा  गर्नको अर्को तरिका रहेको छ। यस खालको बानीले आफैलाई चिन्न सक्नुहुन्छ र कामलाई फोकस गरेर नयाँ उर्जाको साथ काम गर्न सक्नुहुनेछ । यति मात्र नभई आफैसँग कुरा गर्ने यो तरिकाले तपाईको मानसिक स्वास्थ्यको लागि पनि स्वस्थदायक साबित हुनेछ ।

के हुन्छ आफैसंग कुरा गर्दा या बोल्दा?

जब तपाई आफ्नै विचारसँग कुरा गर्नुहुनेछ तब तपाई आफ्नो लक्ष्यको  बारेमा गहिराईबाट  सोच्नुहुनेछ। र अझ राम्रोसंग कुनै पनि कार्य गर्न जुट्नुहुनेछ। वास्तवमा तपाईले ठुलो  आवाजमा आफैसँग कुरा गर्नुहुन्छ भने तपाई आफ्नो मनको कुरा जान्न सक्नुहुनेछ। यसले तपाईलाई  आफ्नो कामलाई महत्व दिन सिकाउछ। साथै तपाई आफैमाथि संयम गर्न सिकाउनेछ र आफ्नो  विचारलाई अझ राम्रोसंग  संयोजित गरेर राम्रो योजना बनाउन  सक्नुहुनेछ । यसले तपाईलाई  आफ्नो लक्ष्यसम्म पुर्याउछ।

१. लक्ष्य:

यधपी ऐनाको अगाडी बसेर आफैसँग कुरा गर्नु कुनै पागलपन होइन बरु यसो गर्दा तपाई छिट्टै आफ्नो लक्ष्य सम्म पुग्नुहुनेछ। यही कारण कुनै पनि प्रकारको खेलाडीलाई कठिन समयमा जोश भर्नको लागि उनीहरुलाई पटक पटक भन्ने गरिन्छ कि ‘कम अन यू क्यान डू इट’। ताकी उसमा इनर्जी लेबल बढोस र पुरै ध्यान दिएर खेल खेलोस।

२. आफुलाई दिनुहोस प्राथमिकता:

जब धेरैचिज एकैपटक हुन्छ र तपाई काम गरेर थाक्नुहुन्छ तब आफैसंग कुरा गर्नुहोस जसले तपाईलाई धेरै राहत मिल्नेछ। यति मात्रै नभई तपाई  ठुलो आवाजमा कामको लिस्ट दोहोर्याउनुहोस्। कामको लिस्टलाई फेरी एकपटक हेर्नुहोस र सबै कामहरू आवश्यकता अनुसार हुनुपर्दछ। यस्तो गर्दा तपाईको पुरै ध्यान काममा जानेछ र दिमागमा सबै कार्य छिट्टै गर्नुपर्ने सन्देश जान्छ।

३. आफैलाई स्याबासी दिन नभुल्नुहोस:

यदी तपाईले  कुनै मुस्किल कामलाई सजिलो र शान्तपूर्वक तरिकाबाट  पुरा गर्नु भयो भने आफुलाई नै स्याबासी दिन नभुल्नुहोस्। आफुमा पुन: जोश ल्याउनको लागि ठुलो स्वरमा चिच्याउनुहोस, आफ्नो विचारलाई सुन्नुहोस र राम्रो कामको लागि आफैलाई क्रेडिट दिन सिक्नुहोस्।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१३:०१

नवजात शिशुलाई सबैभन्दा बढि चिसो कुन अंगबाट लाग्छ र कसरी बच्ने? जानिराखौ!