२४ घण्टा सम्म पनि डाक्टर आएनन्, फुलमतीले वीर अस्पतालमा उपचार नपाएरै प्राण त्यागिन् !

सांकेतिक तस्विर

काठमाडौँ – काठमाडौंको वीर अस्पतालको लापरवाहीका कारण एक विरामीको ज्यान गएको छ। लापरबाहीका कारण अस्पतालमा उपचाररत एक बिरामीको बुधबार ज्यान गएको हो।

ज्यान गुमाउनेमा रौतहट,कटैयाबजारकी फुलमती देवी रहेकी छन्। ट्युमरको समस्या पछि असोज २ गते वीर अस्पतालमा भर्ना गरिएकी उनको अस्पतालको लापरवाहीका कारण ज्यान गएको मृतकका परिवारजनले बताएका छन्।

अस्पतालमा डा राजीव झा र विनोद झाको टोलीले नियमित चेकअप गर्दै आएको मृतकका छोरा विजय यादवले बताए। तर, मंगलवार साँझ अचानक आमाको स्वास्थ्य अवस्था गम्भीर भएपछि डाक्टर बोलाउन अस्पताल प्रशासनलाई आग्रह गरिएपनि आउँदै हुनुहन्छ भनेर टार्दा आमाको ज्यान गएको उनले बताए।

२४ घण्टासम्म पनि डाक्टर नआएको उनको गुनासो छ। पहिला कोरोना संक्रमण रहेको हुन सक्ने आशंका गरिएपछि परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको यादवले बताए।

अस्पतालको लापरवाहीले आमाको मृत्यु भएको भन्दै अस्पतालका निर्देशक समक्ष गुनासो गर्दा पनि कुनै जवाफ नदिइएको उनको भनाई छ।

प्रकाशित : बिहिबार, असोज २९, २०७७१६:४२

तीन हजार ७४९ जनामा कोरोना सङ्क्रमण