राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। बिहिबार आएको रिपोर्टले थापामा कोरोना भाइरस संक्रमण रहेको देखाएको हो।

थापाले सामाजिक संजाल मार्फत आफूमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको जानकारी गराएका छन्। कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा टाउको दुखेर परीक्षण गराउँदा कोरोना पुष्टि भएको थापाले बताए।

थापाले सामाजिक संजाल मार्फत आफूसँग केहि दिन देखि सम्पर्कमा रहेका सम्पूर्णलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन्। साथै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी गराएका छन्।

‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ। अवस्था सामान्य छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘केही दिनयता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।’

प्रकाशित : बिहिबार, असोज २९, २०७७१९:४३

नक्कली फेसबुक पेज बनाई अश्लिल काम गर्ने विरुद्ध मुद्दा !