‘नेपाल प्रहरीलाई स्यावासी दिन कञ्जुस्याइँ किन ?’

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरीका राम्रा कामको प्रचार कम भएको बताएका छन्।

६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले नेपाल प्रहरीले गरेका राम्रा काम भन्दा नराम्रा कामको बढी प्रचार गरिएको बताएका हुन् । मन्त्री थापाले कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरीका कमजोरीको मात्रै प्रचार गर्ने गरेको भन्दै दुखेसो पोखे।

“हजारौं राम्रा कामहरुलाई नजरन्दाज गर्ने हाम्रो समाजले औंलामा गन्‍न मिल्ने कमजोरीको मात्रै प्रचार गर्छ । कमजोरीको प्रचार गर्नेले राम्रो कामको प्रशंसा गरेनन् ।”,उनले भने।

नेपाल प्रहरीबाट भएका केहि कमजोरीलाई बढी प्राथमिकता दिने र राम्रा कार्यलाई ओझेलमा पार्ने गरिएको भन्दै त्यस्तो नगर्न उनले सबैलाई आग्रह पनि गरे। प्रहरीले गरेका राम्राे कामलाई स्यावासी दिन किन कञ्जुस्याइँ गर्न नहुने उनको भनाई छ।

“नराम्रोलाई पटकपटक नराम्रो भन्न नहिचकिचाउने हाम्रो समाज राम्रोलाई शब्द खर्च गर्न किन कञ्जुस्याइँ गर्छ ? कुनै अपराधको घटना घट्दा हल्ला गर्ने समाज किन त्यहि घटनाको सफल अनुसन्धनबाट प्रहरीलाई स्यावासी दिन कञ्जुस्याइँ गर्छ ?”,उनले भने।

नेपाल प्रहरीको कार्यसम्पादन उच्च रहेको दावी गरे। कोरोना भाइरस महामारी पश्चात आइपरेका परिस्थितहरुमा उच्च मनोबलका साथ कार्यसम्पादन गरेको भन्दै उनले नेपाल प्रहरीको प्रशंसा गरे।

“कोरोना भाइरस र लकडाउनले गर्दा हामीले नयाँ सुरक्षा चुनौतिहरु सामना गर्नुपरेकाे छ । यस विषम समयमा पनि प्रहरी जसरी निवार्ह गरेको छ त्यो प्रशंसनीय छ ।”,उनले भने।

प्रकाशित : शुक्रबार, असोज ३०, २०७७१३:५५

यत्र-तत्र-सर्वत्र जथाभावी फालिएका मास्क, मास्कबाटै कोरोनाको जोखिम !