नेपालमा कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ७ सय नाघेको छ। हालसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ७१५ पुगेको छ।
पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृ-त्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर २१ जनाको ज्यान गएको जानकारी दिएका छन्।
त्यस्तै, शुक्रबार देशभर थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ पुगेको छ।
विगत २४ घण्टामा १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना कोरोना मुक्त भएको छ। जससँगै कोरोनामुक्त हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ । हाल देशभर ३७ हजार ३८२ जना सक्रिय सङ्क्रमित रहेका छन्।