यी हुन् बलिउडका सबै भन्दा शंकास्पद ३ निधन, वर्षौ बित्दा पनि एकिन हुन सकेन निधनको कारण !

एजेन्सी – बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको केहि वर्ष भैसकेको भएता पनि उनको निधन बारे विभिन्न प्रश्नहरु उठ्ने गरेका छन्। केहि समय अगाडी मात्रै केरलाका एक डीजीपीले श्रीदेवीको कालगत निधन नभएको दावी गरेका थिए।

श्रीदेवी मात्र नभई अन्य धेरै बलिउडका नायिकाहरुको निधन माथि पनि प्रश्न उठिसकेका छन्। शंकास्पद मृत्य भएका बलिउड नायिकाहरु निम्न छन्।

परवीन बबी

‘अमर अकबर एंथनी’, ‘दीवार’, ‘नमक हलाल’ र ‘शान’ जस्ता हिट चलचित्रहरुमा काम गरिसकेकी परवीनको निधन ५५ वर्षको उमेरमा सन् २००५ मा भएको थियो। परवीनको निधन धेरै नै शंकास्पद रह्यो। निधन भएको ३ दिन पछि मात्रै परवीनको शव अपार्टमेन्टमा फेला परेको थियो।

दिव्या भारती

दिव्या भारती सन १९९० सालको दशकतिर बलिउड उद्योगकी राम्री, प्रतिभाशाली अभिनेत्री थिइन् । दिव्याको निधन धेरै नै शंकास्पद रह्यो। घरको पाँचौ तलाबाट खसेर दिव्याको १९ वर्षकै उमेरमा असामयिक निधन भएको थियो। उनी आफै हाम फालेकी थिइन्, अथवा अरु कसैले धलेका थिए भन्ने बारे आज सम्म पनि एकिन हुन सकेको छैन।

जिया खान

अमिताभ बच्चनसँग चलचित्र ‘नि:शब्द’ मा काम गरेर चर्चामा रहेकी जिया खानको निधन पनि कम शंकास्पद रहेन। मात्र केहि चलचित्रमा काम गरेकी जियाले आफ्नै ज्यान लिएको बताउने गरिन्छ। प्रेमी सूरज पंचोलीसँगको सम्बन्धको कारण उनले आफ्नै ज्यान लिएको बताउने गरिएता पनि जिया खानको निधनलाई बलिउडमा अझै शंकास्पद मान्ने गरिएको छ।

प्रकाशित : शुक्रबार, असोज ३०, २०७७१७:५७

प्रेममा फेल भएपनि मागी विवाहबाट जीवनलाई ‘पास’ गराउन सफल बलिउड कलाकार यी हुन् !