काठमाडौँ – आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुमा विद्युत कटौती हुने भएको छ। भक्तपुर र काठमाडौँमा विभिन्न ठाउँमा मर्मत गर्ने, ट्रान्सफर्मर जोड्ने तथा रुख काट्ने कार्य गर्नुपर्ने हुँदा नेपाल विद्युत प्राधिकरणले विभिन्न स्थानहरुमा विद्युत कटौती गर्न लागेको हो।
विद्युत कटौती बारे प्राधिकरणले एक सूचना निकालेर जानकारी गराएको छ। प्राधिकरणका अनुसार भक्तपुरको थिमि, काठमाण्डौको बालाजु र कुलेश्वर कलंकी क्षेत्रमा विद्युत कटौती हुनेछ।
रुख काट्नुपर्ने हुँदा ठिमीबाट वितरण हुने ठिमी अस्पताल, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बिजुली नआउने प्राधिकरणले जनाएको छ।
पुरानो ठिमी, सानो ठिमी, लोकन्थली, बोडे, राधेराधे, मगर गाउँ, धुन्चेपाखा भाटभटेनी लगाएतका स्थानहरुमा भने मध्यान्न १२ बजे देखि ३ बजे सम्म बिजुली कटौती हुनेछ।
यस्तै बालाजु क्षेत्रमा वनस्थली, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा मर्मतका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती काटिने भएको छ । त्यसक्षेत्रमा मर्मत कार्यको लागि विद्युत कटौती गर्न लागिएको हो।
आज ट्रान्सफर्मर जोड्न तथा रुख काट्न कुलेश्वर कलंकी क्षेत्रका सालिक चोक, पार्टीचोक, अमर ज्योती स्कुल, हंसटार, मालपोत क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत कटौती हुनेछ।
बिजुली मर्मतको काम निर्धारित समय अगावै सकिए भनिए भन्दा चाँडो विद्युत प्रवाह सुचारु हुने पनि प्राधिकरणले जानकारी गराएको छ।