हामी केराको फल बाहेक यसको बोट, पातको पनि विभिन्ना तरिकाले प्रयोग गर्छौं। गाउँ घरमा केराको पात मेलापातमा खाजा खानको लागि प्लेटको सट्टा प्रयोग गरिन्छ। तर तपाईंलाई यो कुरा थाहा नहुन पनि सक्छ कि केराको बोटमा लाग्ने फूल वा बुन्गा जसलाई बनाना हार्ट पनि भनिन्छ, यसको सेवनबाट थुप्रै प्रकारका गम्भीर समस्याबाट छुटकारा पाउन सकिन्छ।
केराको फूल स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक छ र नेपालका केही स्थानहरूमा यसको तरकारी पनि खाइन्छ। जान्नुहोस् के कस्ता फाइदा छ त केराको फूल वा बुन्गाको …
ब्रेस्टमिल्क बढाउँछ
यो आयुर्वेदमा पनि उल्लेख छ कि जो महिलाहरुमा स्तन दुधको कमी हुन्छ, उनीहरुले केराको सेवन गर्नु लाभदायक हुन्छ। केरा अथवा केराको फूलको सेवनले महिलाको स्तन दुध बढ्छ।
क्यान्सर
केराको फूलले क्यान्सर जस्तो ग-म्भीर रोगबाट बच्न पनि मद्दत पुर्याउँछ। यसमा उच्च मात्रामा एन्टी-अक्सीडेन्ट तत्व हुन्छन् जसले फ्री रेडिकबाट बच्न र क्यान्सरबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
तनाब
केराको फूलमा ठूलो मात्रामा म्याग्नेशियम, एन्टी-अक्सीडेन्ट र एन्टि-डिप्रेसेन्ट तत्व हुन्छ जसले तपाईंलाई मानसिक तनावबाट बचाउँछ।
एनीमिया
केराको फूल एनीमियाबाट बच्न प्रयोग गरिन्छ। यसको सेवनले शरीरमा आइरनको कमी हुँदैन र रगतको अभाव पनि पूरा हुन्छ।
मधुमेह
रगतमा चिनीको मात्रा कम गर्न केराको फूल फाइदाजनक हुन्छ। यसले इन्सुलिनको स्तर घटाउँछ। यस बाहेक, यसले कुनै पनि किसिमको संक्रमणबाट पनि बचाउँछ।
पाचन प्रणाली सम्बन्धि समस्या
यो पाचन प्रणालीको लागि धेरै लाभदायक हुन्छ र यसले पाचन सम्बन्धि समस्याहरू हटाउन मद्दत गर्दछ। यसको सेवन गरेर पेट दुखाई, ग्यास, अपच, एसिडिटी आदि बाट बच्न सकिन्छ।
महिनावारीको समयमा हुने रक्तस्राव
आयुर्वेदका अनुसार दहीको साथ एक कप पकाएको केराको फूल खाँदा प्रोजेस्टेरोनको स्तर बढ्छ र महिनावारीको समयमा हुने अत्यधिक रक्तस्राव हुनबाट बचाउँछ। यस बाहेक यसको सेवनले पीसीओएसबाट पीडित महिलाहरूलाई राहत दिन्छ।