काखी मूनिको रौँ नराम्रो मात्र देखिँदैन तर यो स्वच्छताका हिसाबले पनि खराब मानिन्छ। व्याक्स, रेजर वा कपाल हटाउने क्रीमले तपाईंलाई स्थायी समाधान दिन असमर्थ रहन्छ र केही बेरमा फेरी रौँ आउँछ।
आज हामी तपाईंलाई यस्तो सजिलो घरेलु उपायको बारेमा बताउँदैछौं जसको निरन्तर प्रयोग पछि काखी मूनिको रौँ छोटो समयमा जराबाट कमजोर हुन थाल्छ र खतम हुन लाग्छ। एक पटक यो हटेपछि फेरी आउँदैन।
सामग्री
- बेसार
- गुलाब जल वा दुध
- तातो पानी
प्रयोग विधि
सबै चीजहरू मिलाउनुहोस् र बाक्लो पेस्ट बनाउनुहोस्। यस पेस्टलाई काखी मूनिको रौँमा लगाउनुहोस् र केहि समय सुक्न दिनुहोस्। त्यसपछि तातो पानीको प्रयोग गरेर हातले हल्का रूपमा रगड्नुहोस्।
हप्तामा तीन दिन नियमित रूपमा यो पेस्ट प्रयोग गर्नाले तपाईंले छोटो समयमै यसको असर देख्नुहुनेछ।