सुक्निता चौलागाईंलाई उत्कृष्ट फेशन डिजाइनर अवार्ड

काठमाडौँ – ‘फेशन एण्ड मोडल अवार्ड’को दोश्रो संस्करण सम्पन्न भएको छ। पेजेन्ट नेपाल ईन्टरनेशनल मिडियाले आयोजना गर्दै आएको ‘फेशन एण्ड मोडल अवार्ड’को दोस्रो संस्करण ललितपुर स्थित म्युजिक सिटीमा आयोजित एक समारोहका बीच बिहिबार सम्पन्न भएको हो।

उक्त समारोहका बीच विभिन्न विधामा उत्कृष्ट ठहर भएका विभिन्न विधा(क्याटेगोरी) अन्तर्गतका विजेता प्रतियोगीहरुलाई अवार्डले सम्मान गरियो। फेशन तथा मोडलिङ क्षेत्रमा सबै भन्दा धेरै महत्व राख्ने विभिन्न विधा छुट्याई मनोनयन सार्वजनिक गरिएकोमा कोटेश्वरकी सुक्निता चौलागाईंले उत्कृष्ट फेशन डिजाइनरको अवार्ड हात पारिन्।

पेजेन्ट नेपाल फेशन एण्ड मोडल अवार्ड २०२० मेकअप एण्ड फेशन डिजाइनर विधा(क्याटेगोरी) अन्तर्गत सुक्निताले उत्कृष्ट फेशन डिजाइनरको अवार्ड हात परेकी हुन्।

लामो समय देखि ग्लामर क्षेत्रमा सक्रिय रहँदै आएकी सुक्निताले अहिलेसम्म नेपालका थुप्रै कलाकारहरुको लागि फेशन डिजाइन गरिसकेकी छन्। कोटेश्वरमा बुटिक संचालन गर्दै आएकी उनी अनलाइन भोटिङ र मोडलिङ क्षेत्रका विज्ञहरुले दिएको मतका आधारमा उत्कृष्ट फेशन डिजाइनर घोषित भइन्।

विभिन्न विधाको मनोनयनमा परेकाहरुबाट उत्कृष्ट चयनको लागि ५०% मत ग्लोबल अनलाईन पे मार्फत हुने भोटिङ र ५०% मत फेशन एण्ड मोडलिङ क्षेत्रका विज्ञहरुबाट लिइएको थियो।

बिहिबार सम्पन्न समारोहका बीच विभिन्न विधामा गरी कुल ३६ अवार्ड घोषणा गरिएको थियो। वरिष्ठ अभिनेता भुवन केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा छिरिङ वाङ्डु र जयन सुब्बा मानन्धरको विशेष आतिथ्यता रहेको थियो ।

वरिष्ठ अभिनेता भुवन केसीलाई ‘इभरग्रीन फेशन आइकन ’ ले सम्मानित गरिएको थियो भने टेलिभिजनमा विभिन्न रियालिटी शो संचालन गरेर ख्याती कमाउन सफल नायिका तथा टेलिभिजन कार्यक्रम संचालिका रिमा विश्वकर्मालाई ‘मस्ट इन्फ्लुइन्सियल टीभी आईकन’ प्रदान गरिएको थियो।

विभिन्न विधा अन्तर्गत अवार्ड प्राप्त गर्नेहरु निम्न छन् –

Pageant Nepal Fashion & Model Award 2020 Technical Category winners:

  • Best Event Director: Bikash Shrestha
  • Best Event Manager: Arman Sahani
  • Best Event Make up Artist: Karina Puri
  • Best Event Sound Director: Aamul Shrestha
  • Best Event Sound Director: Raj Shrestha

Pageant Nepal Fashion & Model Award 2020 Make up & Fashion Designer Category

  • Best Make up Artist: Shailaja Shah
  • Aspiring Make up Artist: Manu Thapa Magar
  • Best Fashion Designer: Sukneeta Chaulagain
  • Best Pageant Make Up Artist:  Rekha Balami
  • Emerging Fashion Make up artist: Saraswati Dhaubanjar
  • Best Pageant Fashion Designer: Dip Jyoti Khadka Basnet

Pageant Nepal Fashion & Model Award 2020
Kids Category winners :

  • Best Fashion Model Kids: Apekshya Sherchan
  • Best Fashion Model Pre Kids: Yesha Shree Maharjan
  • Popular Runway model kids: Deelasta Buddhacharya
  • Best Title winner Kids: Sanvi Bajracharya

Pageant Nepal Fashion & Model Award 2020
Mrs Category winners:

  • Best Title winner Mrs (Community Based): Dhana Maya Gharti Magar
  • Most Popular Title winner (Mrs): Lila Devi Niraula
  • Most Popular Title winner Mrs(Community Based)
  • Bimala Paija Magar

Pageant Nepal Fashion & Model Award 2020
Teen Category

  • Best Runway Model Teen : Aaryan Jyakho
  • Best International Representative Teen: Raj Rishal

Pageant Nepal Fashion & Model Award 2020
Mofasal Category: 

  • Best event manager (Mofasal): Rajan Budhathoki
  • International Achiever (Mofasal): Amar Singh Lhayo Magar
  • Best Make Up Artist (Mofasal): Nura Kunwar

Pageant Nepal Fashion & Model Award 2020 

  • Best Event Organizer: Jenu Shrestha (Quest Event Manangent)
  • Best Event Choreographer: Aasish Napit
  • Best Fashion Choreographer: Aarman Sahani

Pageant Nepal Fashion & Model Award 2020
Mr & Miss Category 

  • International Achiever( Miss) : Priya Rani Lama
  • Most Popular Title winner: Dr. Santosh Upadhyaya
  • International Achiever (Mr): Akshay Rayamajhi
  • popular Title winner(Profession Based): Hema Pun Magar

Pageant Nepal Fashion & Model Award 2020

  • Best Fashion Journalist : Rojin Shakya
  • Most Influencial Title winner : Dr. Santosh Upadhyaya
  • Best International Title winner Mrs: Silashma Hamal
  • Social Hero: Testing Wangdu

Pageant Nepal Fashion & Model Award
Evergreen Fashion Icon: 
Bhuwan KC
Most Influencial TV icon: Rima Bishwokarma

प्रकाशित : शनिबार, कार्तिक ०१, २०७७२१:३७

एकाएक मासु छाडेर किन शाकाहारी भए यी बलिउड कलाकार ? हेर्नुहोस् अचम्म लाग्ने किस्सा !