भोलि कुन राशिलाई कति शुभ ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंको लागि यस दिन मिश्रित फलदायी रहनेछ। गूढ तथा रहस्यमय विषयहरू र सम्बन्धित चीजहरूको विशेष आकर्षण हुनेछ। आध्यात्मिक उपलब्धि हासिल गर्ने सम्भावना पनि छ। बोली र क्रोधमा संयम राख्नुहोस्। नयाँ काम सुरू नगर्नुहोस् र सम्भव भएमा स्थगित गर्नुहोस्।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

पारिवारिक जीवनमा खुसी अनुभव गर्नु हुनेछ। यात्राको योग बन्नेछ। परिवार तथा प्रियजनसँग मिष्ठान्न भोजनको आनन्द लिन सक्नुहुनेछ। विदेशमा रहेका आफन्तहरूबाट शुभ खबर मिल्नाले मन आनन्दित हुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको लागि यस दिन शुभ रहनेछ। घरमा शान्ति र रमणीय वातावरण हुनेछ। तपाईंको अपूर्ण काम सम्पन्न हुनेछ। प्रसिद्धि र ख्याति पाउनुहुनेछ। आर्थिक लाभ पनि मिल्नेछ। खर्चको मात्रा बढ्न सक्छ, तर खर्च बेकार जानेछैन। शारीरिक स्वास्थ्य राम्रो रहनेछ। बोलीमा संयम राख्नुहोस्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको लागि यस दिन प्रतिकूल रहने देखिन्छ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। पेट दुखाईको समस्याले सताउन सक्छ। मानसिक चिन्ता बढ्नेछ। आकस्मिक खर्च बढ्नेछ। नयाँ काम सुरू नगर्नुहोस्। अनावश्यक वाद-विवादमा नपर्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शारीरिक रूपले अस्वस्थ र मानसिक रूपले विचलित रहनुहुनेछ। परिवारका सदस्यसँग मदभेदको स्थिति उत्पन्न हुनसक्छ। आमासँग मनमुटाव हुनसक्छ। आमाको स्वास्थ्य बिग्रन सक्छ, सजग रहनुहोला। कार्यक्षेत्रमा समय सोचे जस्तो अनुकूल नरहला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

समाजमा मान-सम्मान पाउनुहुनेछ। कुनै पनि कार्यमा विचारपूर्वक अगाडि बढ्नुहोला। भाइबहिनीहरूसँग सुमधुर सम्बन्ध कायम रहनेछ। साथीहरु तथा आफन्तहरुसँग भेट हुनेछ। प्रत्येक कार्यमा सफलताको सम्भावना छ। आर्थिक लाभको सम्भावना पनि उच्च छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको लागि यस दिन शुभ रहने देखिँदैन। तपाईंको मनोबल कमजोर रहनेछ। त्यसैले कुनै निर्णयमा आउन गाह्रो हुन सक्छ। नयाँ कार्यहरू र महत्त्वपूर्ण निर्णय लिनुहोस्। वाणीमा संयम राख्नुहोला। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको लागि यस दिन शुभ छ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। परिवारका सदस्यहरूसँग खुशीसाथ समय बित्नेछ। साथीहरुबाट उपहारहरू प्राप्त हुनेछ। शुभ समाचार प्राप्त गर्नुहुनेछ। रमणीय यात्राको योग बन्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको लागि यस दिन प्रतिकूल रहने देखिन्छ। परिवारका सदस्यसँग बहस हुनसक्छ। बोलीमा संयम राख्नुपर्नेछ। शारीरिक स्वास्थ्य बिग्रन सक्छ। खर्चमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहने देखिन्छ। आर्थिक पक्ष कमजोर रहला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मित्रगणसँग आनन्दमय रूपले समय बित्नेछ। तपाईंको लागि यस दिन सामाजिक क्षेत्र, व्यवसाय र अन्य क्षेत्रमा लाभदायक रहनेछ। रमणीय यात्राको योग बन्नेछ। घरमा केहि शुभ प्रसङ्गको सम्भावना रहेको छ। आर्थिक लाभ मिल्ने सम्भावना छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईंको लागि र्स दिन शुभ फलदायी रहनेछ। हरेक कार्य सरलताका साथ सफल हुनेछ। मानसिक रूपले प्रफुल्लित रहनु हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। धन प्राप्तिको योग रहेको छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शारीरिक थकान र आलस्य अनुभव हुनेछ। उच्च अधिकारीहरूसँग ध्यानपूर्वक काम गर्नुहोस्। बच्चाहरूको बारेमा चिन्तित हुनुहुनेछ। महत्वपूर्ण निर्णयहरू लिन समय उचित छैन। व्यापारी वर्गको लागि व्यापारमा बाधा आउनसक्छ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ।

प्रकाशित : आइतबार, कार्तिक ०२, २०७७१९:४९

भोलि कुन राशिलाई कति शुभ ? हेर्नुहोस् दैनिक राशिफल !