यी ४ राशिका मानिस हुन्छन् निडर, जस्तो सुकै परिस्थितिको पनि डटेर गर्छन् सामना !

ज्योतिषका अनुसार केही राशिका मानिस जन्मदेखि नै निडर जन्म लिएका हुन्छन्। यिनीहरुलाई संसारमा कसैको डर हुँदैन। जस्तोसुकै कठिन परिस्थिति आएपनि यिनीहरु त्यस परिस्थितिको पूर्ण हिम्मतका साथ सामना गर्छन्। निम्न उल्लेखित ४ राशिका मानिस निकै निडर स्वभावका हुन्छन्…

मेष राशि 

ज्योतिष अनुसार मेष राशिफलका मानिसहरू निडर स्वभावका हुन्छन्। यिनीहरु निकै पराक्रमी र साहसी हुन्छन्। वास्तवमा मेष मंगल ग्रहको राशि हो, जुन आफैं क्रोध, युद्ध, साहसको कारक हो। यस्तो विश्वास गरिन्छ कि यस राशिका व्यक्तिहरू संसारमा कसैसँग डराउँदैनन्। यिनीहरु आफ्नै बलमा आफ्नो कार्यहरूमा सफलता प्राप्त गर्छन्।

वृष राशि 

ज्योतिष अनुसार वृष राशिका जातक पनि निडर स्वभावक हुन्छन्। यी मानिस जीवनमा आउने कुनै पनि प्रकारका चुनौतीको पनि सामना गर्न तयार हुन्छन्। यिनीहरु कुनै पनि समस्यासँग डराउँदैनन्। यिनीहरु जस्तो समस्या पनि निकै समझदारीका साथ समाधान गर्न सक्षम हुन्छन्।

सिंह राशि 

सिंह राशिका मानिसमा निर्भयताको गुण अन्तर्निहित हुन्छ। ज्योतिष अनुसार सिंह राशिमा मंगल ग्रह उच्च हुन्छ। मंगल ग्रहको स्थितिका मजबूत रहने भएकोले यी व्यक्तिहरू निडर हुन्छन् र यिनीहरुको दिमाग पनि अत्यन्तै तेज हुन्छ। यो विश्वास गरिन्छ कि यिनीहरुलाई हराउन सजिलो छैन।

धनु राशि 

धनु राशिका मानिस हार सहन नै सक्दैनन्। यी व्यक्तिहरू बाहिर देख्दा जति कठोर देखिन्छन्, उनीहरू भित्रबाटै त्यति नै दयालु हुन्छन्। यिनीहरु विपत्तिजनक परिस्थितिहरूमा पनि बुद्धिमानीपूर्वक समाधान गर्ने प्रयास गर्छन्। यी मानिसको ज्ञानले यिनीहरुलाई निडर बनाउँछ।

प्रकाशित : सोमबार, कार्तिक ०३, २०७७२१:२०

फूलपातीको दिन ग्रहचक्रमा ठूलो परिवर्तन, यी राशिलाई मिल्नेछ लाभ !