पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर ३ हजार ७९० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ।
आज १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा २ हजार ३३५ जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएका छन्। यससंगै हालसम्म निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ छ।
त्यस्तै, आज थप १८ जनाको ज्यान गएसँगै हालसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ७५७ पुगेको छ।
उपत्यकामा २ हाजर भन्दा बढी संक्रमित
सोमबार काठमाडौं उपत्यकामा २ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज २ हजार ३८८ जना कोरोना संक्रमित थपिएका हुन्।
आज थपिएकामध्ये काठमाडौंका मात्र २००८ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।