सङ्कटकाल-कफ्र्यु लाग्ने कुरा तथ्यहीन

गृहमन्त्रालयले विभिन्न विद्युतीय माध्यममा स-ङ्क’टकाल र क-फ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडेर स-ङ्क’टकाल र क-फ्र्यु लाग्ने भन्ने सूचना सम्प्रेषण गरेको पाइएकाले ग-म्भी’र ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।

“उक्त सूचना तथ्यहीन, भ्रा’मक, निराधार र गलत भएको व्येहोरा सम्बन्धित सबैमा सूचीत गरिन्छ”, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनालाई ग-म्भी’रतापूर्वक लिइ आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : सोमबार, कार्तिक ०३, २०७७१६:३७

सङ्कटकाल÷कफ्र्यु लाग्ने कुरा हल्ला बारे बोल्यो गृहमन्त्रालय !