मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंको लागि यस दिन सामान्य रहनेछ। शत्रुसँग सावधान रहनुहोला। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन शुभ छैन। आध्यात्मिक सिद्धि प्राप्त हुनेछ। तपाईं रहस्यमय चीजहरूमा रुचि राख्नुहुनेछ र तपाईंको रहस्यमय विषयहरूमा बढी आकर्षण हुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंको लागि यस दिन शुभ फलदायी रहनेछ। शारीरिक रुपमा स्वस्थ रहनुहुनेछ। मानसिक प्रशन्नताको अनुभव हुनेछ। परिवार र नजिकका व्यक्तिहरूसँग बढी समय खर्च हुनेछ। तपाईं सामाजिक जीवनमा सफलता र प्रसिद्धि प्राप्त गर्न सक्षम हुनुहुनेछ। आकस्मिक धन लाभ मिल्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको लागि यस दिन शुभ रहनेछ। घरमा शान्ति र रमणीय वातावरण हुनेछ। खर्च हुनेछ, तर यो बेकार हुँदैन। आर्थिक लाभको सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। महिला साथीहरुसँग रमणीय भेट हुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूबाट सहयोग पाउनुहुनेछ। काममा प्रसिद्धि प्राप्त हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक स्वास्थ्य बिग्रन सक्छ। नयाँ काम सुरू गर्नको लागि दिन उत्तम छैन। तपाईं पेट दुखाइ, विशेष गरी मंदता, अपच जस्ता रोगबाट व्याकुल हुनुहुनेछ। आकस्मिक खर्च बढ्नेछ। यात्रा गर्दा अधिक सावधानी अपनाउनुहोला। वाणीमा संयम राख्नुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

घरमा बहसको वातावरण हुनेछ। तपाईं शारीरिक र मानसिक स्वस्थ रहनुहुनेछ। मनमा नकारात्मक भावना उत्पन्न हुनेछ। आमाको स्वास्थ्य बिग्रन सक्छ, ध्यान दिनुहोला। खानपानमा विशेष ध्यान दिनुहोस्। जग्गा सम्पत्तिको काममा सावधान रहनु पर्नेछ। कार्यक्षेत्रमा समय प्रतिकूल रहनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

साथीहरूको साथ आनन्दमय समय बित्नेछ। भाई-बहिनीबाट लाभ मिल्ने सम्भावना रहेको छ। गूढ रहस्य र अध्यात्मिक विषयमा सिद्धि प्राप्त हुनेछ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ। मानसिक चिन्ताले सताउन सक्छ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कार्यहरू सुरु गर्नु तपाईंको लागि लाभदायक हुँदैन। आफन्तसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। आर्थिक लाभ मिल्ने सम्भावना देखिन्छ। यात्रा गर्दा सावधान रहनुहोला। परिवारका सदस्यसँग वाद-विवाद हुनसक्छ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक तथा मानसिक रूपले तपाईं स्वास्थ रहनुहुनेछ। परिवारका सदस्यहरूसँग आनन्दमय समय बिताउने मौका मिल्नेछ। साथी तथा प्रियजनबाट उपहार प्राप्त हुनाले मन प्रशन्न रहनेछ। शुभ समाचार प्राप्त हुनेछ। रमाईलो यात्राको सम्भावना छ। उत्तम वैवाहिक सुखको अनुभूति हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको लागि यस दिन कष्टदायी हुनसक्छ। परिवारका सदस्यहरुसँग मनमुटाव हुनसक्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। स्वास्थ्य बिग्रन सक्छ। बोली र व्यवहारमा संयमित हुनुहोस्। अत्यधिक खर्च हुनाले आर्थिक संकट आउनसक्छ। व्यर्थ कार्यहरूमा समय बर्बाद हुनसक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

सामजिक क्षेत्रमा लाभ प्राप्त हुने देखिन्छ। साथीहरू र आफन्तहरूसँगको भेट तपाईंको लागि लाभदायक साबित हुनेछ। शुभ कार्यक्रमहरू आयोजना हुनसक्छ। महिला र छोराबाट सहयोग मिल्नेछ। कुनै पनि चीज किन्नको लागि दिन शुभ छ। आर्थिक लाभ प्राप्त हुनेछ। श्रीमतीको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

हरेक कार्य सरलताका साथ सम्पन्न हुनेछ। कार्यक्षेत्रमा अनुकूल वातावरण रहनेछ। व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मन-सम्मान बढ्नेछ। परिवारमा सुख-शान्तिमय वातावरण कायम रहनेछ। मानसिक तनावबाट मुक्त हुनुहुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शारीरिक रूपले तपाईं थकित महसुस गर्नुहुनेछ। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहनेछ। व्यर्थको खर्च बढ्नेछ। अनावाध्यक झै-झगडामा नपर्नुहोला। स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी पेट सम्बन्धि समस्याले सताउन सक्छ। भाग्य प्रतिकूल रहनेछ।

