यातायात मन्त्री नेम्बाङलाई पनि कोरोना संक्रमण

काठमाडौँ – भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। सोमबार आएको पिसीआर रिपोर्टले मन्त्री वसन्त नेम्वाङमा कोरोना भाइरसको संक्रमण रहेको देखाएको हो।

स्वकीय सचिवलाई लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा मन्त्री नेम्वाङमा कोरोना पुष्टि भएको नेम्बाङका प्रेस संयोजक संयोजक सन्दीप राईले बताए। उनका अनुसार कोरोना पुष्टि भएपश्चात मन्त्री नेम्वाङ आइसोलेसनमा बसेका छन्। उनी मन्त्रालयकै क्वार्टरमा आईसोलेसनमा रहेको बताइएको छ।

मन्त्री नेम्वाङमा कोरोनाको सामान्य लक्षण पनि देखिएको छ। उनलाई सामान्य ज्वरो र खोकी लागेको बताईएको छ । कोरोना पुष्टि भएपश्चात उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन्।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भइसकेको छ।

प्रकाशित : सोमबार, कार्तिक ०३, २०७७१७:३६

‘सांसदहरुको भत्ता काट्ने, सरकारी कर्मचारीको नकाट्ने?’