“धर्म विशेषको चाडमा भत्ता दिने प्रणाली नै ठीक होइन”

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दसैँ भत्ता दिने संस्कारलाई नै खारेज गरिनुपर्ने बताएका छन्। नेपाल धर्मनिरपेक्ष रहेको र एक धर्म विशेष चाडमा भत्ता दिने प्रणाली ठीक नहुने भन्दै भट्टराईले भत्ता प्रणालीनै खारेज गरिनुपर्ने बताएका हुन् ।

दसैंभत्ता बुझेको विषय मिडियामा आएपछि मात्रै सासंदहरुले एक्लाएक्लै दशैंभत्ता नलिने घोषणा गर्नु भन्दा नेता/सांसदहरूले सरकारलाई धर्मनिरपेक्ष देशमा यस्ता पर्वमुखी भत्ताप्रणालीलाई नै खारेज गर्न दबाब दिनुपर्ने भट्टराई बताउँछन्।

“मिडियाले कुरीकुरी गरेपछि लोकरिझ्याइका लागि एक्लाएक्लै दशैंभत्ता नलिने घोषणा गर्नु सट्टा नेता/सांसदहरूले सरकारलाई धर्मनिरपेक्ष देशमा यस्ता पर्वमुखी भत्ताप्रणालीलाई नै खारेज गर्न दबाब दिनुपर्ने हैन र?”,भट्टराईले ट्वीटरमा लेखेक छन्।

साथै भट्टराईले सांसदहरुको मात्रै नभई सम्पूर्ण सरकारी कर्मचारीको पनि दशैँभत्ता कटौती हुनुपर्ने बताएका छन्। सांसद मात्र नभई कर्मचारीले समेत एकमुष्ट रू १५अर्ब कोरोनापीडितमा लगाए राम्रो हुने भट्टराईको बुझाई छ।

“सांसद मात्र हैन कर्मचारीले समेत एकमुष्ट रू१५अर्ब कोरोनापीडितमा लगाए पो अर्थ होला !”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।

प्रकाशित : मङ्गलबार, कार्तिक ०४, २०७७०७:५९

काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न गृह मन्त्रालयको निर्देशन !