बिराटनगरमा एकै दिन यति धेरै कोरोना संक्रमितको निधन !

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण बिराटनगर अहिले सम्मकै बढी निधन भएको छ। कोरोना संक्रमणका कारण बिराटनगरमा एकै दिन आधा दर्जन भन्दा बढीको निधन भएको हो।

सोमबार साँझ देखि मंगलबार बिहान सम्म बिराटनगरका विभिन्न अस्पतालमा उपचाररत ७ जनाको ज्यान गएको छ। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, न्युरो अस्पतालको कोभिड १९ अस्पताल, विराट नर्सिङहोम, नोबेल र विराट मेडिकल कलेजको आइसोलेसन गरी पाँच अस्पतालमा ७ जनाको ज्यान गएको हो।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सबै भन्दा बढी तीन जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेहरुमा मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवती, विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धा र सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुष रहेका छन्। उनीहरुको क्रमश मंगलबार बिहान ५ः३० बजे, मंगलबार बिहान ४ः४५ बजे र सोमबार साँझ ६ः३० बजे निधन भएको हो।

विराट नर्सिङ होममा मोरङमा निधन हुनेमा रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्ध रहेका छन्। उनको सोमबार राति १२ बजेतिर निधन भएको अस्पतालले जनाएको छ।

यस्तै न्युरो अस्पतालमा विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे निधन भएको हो भने नोबेल मेडिकल कलेजमा विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा महिला निधन भएको हो। ६९ वर्षीया वृद्धाको मंगलबार बिहान ८ बजे निधन भएको नोबेल मेडिकल कलेजले जनाएको छ।

विराट शिक्षण अस्पतालको आइसोलेसनमा निधन हुनेमा झापा विर्तामोड–४ की ७६ वर्षीया संक्रमित वृद्ध महिला रहेकी छन्। उनको लबार बिहान करिब साढे ८ बजे निधन भएको हो।

प्रकाशित : मङ्गलबार, कार्तिक ०४, २०७७१२:१८

दशैंँमा बैंक नखुल्ने !