एजेन्सी , बलिउडका दुई सफल अनि चर्चित अभिनेताहरु आमिर खान र सैफ अलि खानले १८ बर्षपछि एक साथ चलचित्रमा स्क्रिन शेयर गर्न लागेको खबर बाहिरिएको छ। सैफ -आमिर २००१ मा प्रदर्शनमा आएको फिल्म ‘दिल चाहता है’ पछि एकसाथ कुनै पनि फिल्ममा देखिएका छैनन्।
एक रिपोर्टका अनुसार निर्देशक निरज पाण्डेको निर्देशनमा बन्न लागेको नया फिल्ममा आमिर र सैफ एकसाथ देखिन लागेका हुन्। यदि यी दुबै स्टारको शेड्युल मिलेको खण्डमा चलचित्रको रंगिन पर्दामा दर्शकहरुले पु एकपटक अमिर र सैफलाई देख्न पाउने छन्।
पछिल्लो समय सैफ अलि लन्डनमा ‘जवानी जानेमन’ को छायांकनमा ब्यस्त रहेका छन् भने आमिर ‘लाल सिंह चड्ढा’ को प्रि प्रोडक्सनमा ब्यस्त रहेका छन्। पछिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘थग्स अफ हिन्दुस्तान’ ले खासै कमालको व्यापार गर्न नसके पछि अमिर यस फिल्मको लागि जोडदार रुपले लागि परेका छन्। यस फिल्ममा आमिरका अलावा करिना कपुर पनि देखिदै छिन।
निर्देशकको बारेमा कुरा गर्दा नीरज पांडे उनि निर्देशित ‘अय्यारी’ पछिल्लो रिलिज फिल्म हो। यस फिल्मले बक्स अफिसमा खासै कमालको व्यापार गर्न नसके पछि हतोत्साहित भएका निरजले अब भने दुई स्टारलाई चलचित्रको पर्दामा ल्याउन कोसिस गरिरहेका छन। अय्यारी भन्दा अघि उनले स्पेसल २६ , बेबी , नाम शबाना , ट्वाइलेट एक प्रेम कथा जस्ता फिल्महरुको निर्माण गरिसकेका छन्।