महाभारतमा धृतराष्ट्रदेखि दुर्योधन सम्म सबैको छल-कपटले भएको थियो विवाह, यस्तो छ कहानी !

महाभारतको कथा भित्र धेरै साना र ठूला अध्यायहरू समेटिएका छन्। मुख्य रूपमा यो दुई परिवारको कथा हो जसमा भगवान कृष्णले उत्कृष्ट कूटनीतिज्ञको भूमिका खेलेका थिए। यद्यपि केही स्थानमा श्रीकृष्ण एक मित्र र सल्लाहकारको रूपमा देखा परेका छन्, तर महाभारत कथामा उनलाई एक कूटनीतिज्ञको रूपमा वर्णन गरिएको छ।

कौरव र पाण्डव

कौरव र पाण्डवहरू, जो भाई-भाई थिए तर एक अर्काप्रति ईर्ष्या र घृणाको भावना थियो। एक अर्का प्रतिको घृणाको भावना कौरवबाट शुरु भएको हो, तर बिस्तारै बिस्तारै यो घृणाको भावना पाण्डवहरूको मनमा पनि उत्पन्न हुन थालेको थियो। पाण्डव र कौरव बीचको यो लडाई, उनीहरू बिचको ईर्ष्या, सिंहासन र हस्तिनापुरको शासनसँग सम्बन्धित थियो।

भिष्म पितामह 

यदि भीष्म पितामहले सत्यवती र उनका पिता शान्तनुको विवाह सम्पन्न गर्नको लागि जीवनभर अविवाहित रहने र सिंहासनमा बसिरहेका राजाको सेवा गर्ने वाचा नलिएका भए कुरुक्षेत्रको यो भयानक युद्ध असम्भव थियो।

आज हामी महाभारतका यस्ता घटनाहरूबारे कुरा गर्न जाँदैछौं जुन जबरजस्ती वा कपटपूर्ण विवाहमा आधारित छन्।

कर्ण 

सर्वप्रथम हामी पाण्डवहरूबारे कुरा गर्छौं जसले महाभारतको कथामा मुख्य भूमिका खेल्छन्। द्रौपदीले स्वयंवर अघि नै सूतपुत्र कर्णलाई मनपराएकी थिइन्। तर परिवारको मर्यादाको ख्याल राख्दै उनले अर्जुनको घाँटीमा वर माला लगाईदिन्। अर्जुनसँग विवाह गरेपछि उनी अरू सबै पाण्डवहरूको ‘भाउजु’ बनिन्, तर कुन्तीको एक वचनमा वस्तुका रूपमा विभाजित भइन् र अन्तमा सबै पाण्डवहरूको श्रीमती भइन्।

उनी प्रत्येक वर्ष एक पाण्डवको श्रीमतीको रूपमा बस्थिन् र नयाँ वर्षका साथै उनी अर्का पाण्डवको श्रीमती हुन्थिन्। यो होइन कि उनी सबै पाण्डवहरुकी एक मात्र पत्नी थिइन्, पाँच पाण्डवले नै द्रौपदी बाहेक अरु महिलाहरुसँग पनि विवाह गरेका थिए। पक्कै पनि यो द्रौपदीलाई धोका वा अन्याय थियो।

विचित्रवीर्य र वीर्यसेन

दोस्रो कथा ती तीन बहिनीहरू, अम्बा, अम्बिका र अम्बालिकाको हो, जसलाई भीष्म वा देवव्रतले आफैंले अपहरण गरेका थिए, ताकी उनीहरुको विवाह उनी आफ्ना सौतेनी भाइहरू, विचित्रवीर्य र वीर्यसेनसँग गर्न सकुन्।

दुबै भाइहरू शारीरिक रूपमा अत्यन्त कमजोर थिए, त्यसैले उनीहरूलाई तीन बहिनीहरूको स्वयंवरमा सम्मिलित हुन आमन्त्रित गरिएको थिएन। क्रोधमा भीष्मले स्वयंवरबाट तीनै दिदीबहिनीलाई अपहरण गरी आफ्ना दुईजना दाजु-भाईसँग जबरजस्ती विवाह गराए।

जब भीष्मलाई थाहा भयो कि अम्बा राजा शाल्वासँग विवाह गर्न चाहन्छिन्, भीष्मले अम्बालाई छोडिदिए। तर उनलाई राजा शाल्वले अपनाएनन्। यस छलले अम्बाको जीवनलाई तहसनहस पारेको थियो।

भानुमती 

भानुमती,कम्बोजका राजा चन्द्रवर्माकी छोरी थिइन्, जो सुन्दर, प्रतिभाशाली र बुद्धिमान् थिइन्। भानुमतीलाई स्वयम्वरमा देखेपछि दुर्योधन उनको रूपमा मोहित भए। र जब भानुमती उनलाई माला नलगाइदी उनकै अगाडीबाट जान लागिन् तब दुर्योधन क्रोधित भए। र उनले भानुमतीको माला खोसेर आफ्नो गलामा लगाए।

सबै राजाले यसको विरोध गर्दा उनले कर्णलाई सबै राजासँग युद्ध गर्न आदेश दिए। युद्धमा कर्णले सबैलाई परास्त गरे र भानुमति दुर्योधनसँग विवाह गर्न बाध्य भईन्। पक्कै यो भानुमतिसँग छल र अन्याय थियो।

प्रकाशित : बिहिबार, कार्तिक ०६, २०७७१६:१७

के साँचै कृष्णले भगवद्गीताको ७०० श्लोकको व्याख्या गर्दा समयलाई रोकेका थिए?