‘जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुन्छ, भ्रष्टाचार/फजुलखर्च रोके पुग्छ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कोरोना भाइरस संक्रमितको उपचारबाट सरकार भाग्न नहुने बताएका छन्।

बुधबार एक ट्वीट गर्दै भट्टराईले कोरोनाको निशुल्क परीक्षण र कोरोना संक्रमितको निशुल्क उपचारबाट सरकार भाग्न नहुने बताएका हुन्। निशुल्क उपचारबाट सरकार भाग्नुलाई भट्टराईले सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा भनेका छन्।

यस्तो गैरजिम्मेवार कार्यले कोरोना भाइरस संक्रमणको महामारी थप विकराल बन्ने भट्टराईको बताउँछन्। पैसाको अभावका कारण सरकारले निशुल्क उपचार नरोकेको भट्टराईको दावी छ।

“कोरोनापीडितलाई निशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।यसले महामारी झन् विकराल बन्नेछ! यो पैसाको अभावले हैन”,ट्वीट गर्दै भट्टराईले भनेका छन्।

जनताको निशुल्क उपचार गर्न अन्य सम्पूर्ण खर्च रोक्न उनको सुझाव छ। साथै भट्टराईले भ्रष्टाचार/फजुलखर्च रोके पनि कोरोना संक्रमितको उपचार गर्न सकिने बताएका छन्। अस्पतालमा धनीले दिनचाहे दानपात्र राख्न सकिने भन्दै उनले सबै नागरिकको निशुल्क उपचार गर्न माग गरेका छन्।

“जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुन्छ;भ्रष्टाचार/फजुलखर्च रोके पुग्छ।अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौं;तर सबैलाई निशुल्क गरौं!”,भट्टराई ट्वीटरमा लेख्छन्।

भट्टराईले गरेको ट्वीट यस्तो छ –

कोरोनापीडितलाई निशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।यसले महामारी झन् विकराल बन्नेछ!यो पैसाको अभावले हैन;जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुन्छ;भ्रष्टाचार/फजुलखर्च रोके पुग्छ।अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौं;तर सबैलाई निशुल्क गरौं!

प्रकाशित : बुधबार, कार्तिक ०५, २०७७१४:४३

अन्ततः कक्षा १२ ‘रुटिन’ आयो, हेर्नुहोस् रुटिन सहित !