काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले बुधबारको संसद बैठक पनि अवरुद्ध पारेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै दुवै दलले यथास्थानबाट उठेर विरोध जनाएका हुन् ।
सभामुख महराले बैठकको शुन्य समय प्रारम्भ भएको जानकारी गराएलगत्तै सांसदहरु आ-आफ्नो स्थानबाट उठेर विरोध जनाउदै कार्यसूची अगाडि बढाउन लागेपछि रोष्टम घेराउ गरेका थिए । उनीहरुले सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरिरहेका छन् ।
यसअघिका बैठकमा पनि यी दुवै दलले नेत्रविक्रम चन्द ‘विप्लव’का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल तथा सर्लाहीमै प्रहरीको गोली लागि मारिएका अर्का एकको मृत्यु सम्बन्धमा संसदीय छानबिनको माग गर्दै आएका थिए ।