काठमाडौँ : खेतमा पानी लगाउने विषयमा भएको सामान्य विवादले उग्र रुप लिँदा एकजनाको मृत्यु भएको छ ।
गुल्मीको मुसिकोट नगरपालिकामा-३ का ४५ वर्षीय लक्ष्मण कुमालले सोही स्थान बस्ने ४९ वर्षीय मोतीलाल कुमाललाई हसिया प्रहार गरेका हुन् ।
मंगलबार राति करिब ११ बजे खेतमा पानी लगाउने विषयमा भएको सामान्य विवादमा झडपको स्थिति सृजना हुँदा मोतीलालको हत्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख दीपककुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार घटनालगत्तै आरोपित लक्ष्मणलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।