आज हामी बिश्वको सबै भन्दा महँगो चियाको बारेमा कुरा गर्न जादैछौं जसको मुल्य सुनेर एक छिन जो कोहि पनि जिल खान सक्छन। असाममा पाइने दुर्लभ मनोहारी गोल्ड टी हालसम्मको सबैभन्दा महँगोमा बिक्रि हुने चियाको रुपमा परिचित हुन पुगेको छ। गुवाहाटी टी अक्सन सेन्टरमा मंगलवार मनोहारी गोल्ड टी ५० हजार रुपियामा बिक्रि भएको छ। पछिल्लो बर्ष मात्र यस चिया प्रतिकिलो ३९ हजार रुपियामा बेचिएको थियो।
गोल्ड टि लाई सौरभ टी टेड्रर्सले ५० हजार रुपिया प्रतिकिलोमा खरिद गरेको छ। यस भन्दा पहिले बिक्रम संवत २०१८ मा अरुणाचल प्रदेशको ‘डोनी पोलो टी एस्टेटको गोल्डन नीडल वैरायटी’ ४० हजार प्रति किलोमा बिक्रि भएको थियो।
आसामको डिब्रूगढ़मा मनोहारी टी एस्टेटका मालिकले बताए अनुसार यस बर्ष यस प्रकारको चिया जम्मा ५ किलो उत्पादन भएको थियो। जसलाई उत्पादन गर्नमा पनि निकै नै कठिन हुने बताईएको छ। उनका अनुसार यस प्रजातिको चियाको उत्पादनका लागि अनुकुल वातावरण नहुने बताएका छन। यस प्रजातिको चिया एकदम मुलायम र नरम हुने गर्छ। विश्वमा आसाम , दार्जलिङ्ग र नीलगिरीको चिया सबैभन्दा बढी माग हुने चियाहरु हुन्।