कोरोना मुक्त हुनेको संख्या १ लाख नाघ्यो, देशभर ३६३७ संक्रमित थपिए !

पछिल्लो २४ घण्टामा  देशभर ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९   पुगेको छ।

आज १५ हजार २५५ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा ३ हजार २१५ जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएका छन्। यससंगै हालसम्म निको हुनेको संख्या १ लाख २ हजार ५२०  पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या  ४४ हजार ८७७  छ।

हाल देशभर १३ हजार ३३९ संस्थागत आइसोलेशन  र ३१ हजार ५३८ जना होम आइसोलेशनमा रहेका छन् ।

त्यस्तै, आज थप २१ जनाको ज्यान गएसँगै हालसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ८१२  पुगेको छ।

उपत्यकामा १५ सय भन्दा बढी संक्रमित 

सोमबार काठमाडौं उपत्यकामा २ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज १ हजार ५५२ जना कोरोना संक्रमित थपिएका हुन्।

आज थपिएकामध्ये काठमाडौंका मात्र १२८३ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ११२ र ललितपुरमा १५७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित : बिहिबार, कार्तिक ०६, २०७७१६:२८

देशभर आठ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु !