देशभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ८ सय नाघेको छ। कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृ-त्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज देशभर २१ जनाको ज्यान गएको जानकारी दिएसँगै हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ८१२ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ५५२ जना सहित देशभर ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएकामध्ये काठमाडौंका मात्र १२८३ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ११२ र ललितपुरमा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार २१५ जना कोरोना मुक्त भएको छ। जससँगै कोरोनामुक्त हुनेको सङ्ख्या १ लाख २ हजार ५२० पुगेको छ। हाल देशभर ४४ हजार ८७७ जना सक्रिय सङ्क्रमित रहेका छन्।