भोलि कार्तिक १७ गते सोमबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आर्थिक हिसाबले तपाईंको लागि यस दिन शुभ छैन। परिवारमा वाद-विवादको स्थिति उत्पन्न हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुहोला। स्वास्थ्यमा समस्या आउनसक्छ। अनावश्यक खर्च बढ्नाले आर्थिक संकट आइपर्न सक्छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक तथा मानिसक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। कलात्मक तथा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। धन लाभ मिल्ने सम्भावना रहेको छ। परिवारका साथ आनन्दमय समय बित्नेछ। तपाईंको आत्मविश्वास बढ्नेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

वाणी तथा क्रोधमा संयम राख्न जरूरी देखिन्छ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, विशेषगरी आँखा सम्बन्धि समस्याले सताउन सक्छ। अत्यधिक खर्च हुँदा आर्थिक पक्ष कमजोर हुनसक्छ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। कार्यक्षेत्रमा परिस्थिति अनुकूल नै रहला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल रहनेछ। धन लाभको योग रहेको छ। स्त्री मित्रबाट विशेष सहयोग प्राप्त हुनेछ। प्रिय व्यक्तिसंग रमणीय भेटघाटको अवसर मिल्नेछ। आर्थिक आयोजना सफलताका साथ सम्पन्न हुनेछन्। स्वास्थ्य राम्रो रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

उच्च आत्मविश्वास तथा मनोबलका साथ कार्य सम्पन्न गर्न सक्षम रहनुहुनेछ। व्यवासय क्षेत्रमा लाभ मिल्ने सम्भावना रहेको छ। कर्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। घरमा सकारात्मक वातावरण रहनेछ। सरकारी क्षेत्रबाट लाभ मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। यात्राको योग रहेको छ। धार्मिक कार्य वा धार्मिक यात्रामा खर्च हुनेछ। भाई-बहिनीबाट लाभ प्राप्त होला। वैदेशिक क्षेत्रमा शुभ समाचार मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। वाणीमा संयम राख्नुहोला। स्वास्थ्य बिग्रन सक्छ, सजग रहनुहोला। साथी-भाईसँग वाद-विवादको स्थिति उत्पन्न हुनसक्छ। गूढ तथा रहस्यमय विद्यातर्फ आकर्षण बढ्नेछ। सफलता प्राप्त गर्नको लागि कडा मिहेनत गर्नु पर्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

व्यापार तथा व्यवसायमा आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। साथी-भाईसँग रमणीय यात्रामा जाने मौका मिल्नेछ। स्वादिष्ट एवम उत्तम भोजन तथा नयाँ वस्त्र पाएर तपाईं प्रशन्न रहनुहुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

स्वास्थ्य राम्रो रहनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान तथा ख्याति प्राप्त हुनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। कार्यक्षेत्रमा सहकर्मीको भरपूर साथ सहयोग मिल्नेछ। स्त्री मित्रसँग रमाइलो भेटघाट हुने सम्भावना छ। आर्थिक लाभ प्राप्त हुने देखिन्छ। अधुरा रहेका कार्य पूरा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

नयाँ कार्य सुरु गर्नको लागे दिन शुभ छैन। मानसिक तनाब बढ्नेछ। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहन सक्छ। घरका अग्रजको स्वास्थ्य बिग्रन सक्छ, सजग रहनुहोला। शारीरिक अस्वस्थताको अनुभव हुनेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

क्रोधमा संयम राख्नुहोस्। सामाजिक क्षेत्रमा मानहानि हुनसक्छ, सतर्क रहनुहोला। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ। वाहन तथा जग्गा-जमीनको मामलामा यस दिन सावधान रहनु पर्ने देखिन्छ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुखमय वातावरण रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

नयाँ कार्य सुरु गर्नको वा कुनै महत्वपूर्ण निर्णय गर्नको लागि दिन शुभ रहनेछ। सिर्जनात्मक तथा कलात्मक शक्ति बढ्नेछ। मित्रगणसँग रमणीय यात्राको योग बन्नेछ। परिवारसँग आनन्दमय समय बित्नेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। प्रतिस्पर्धी पराजित हुनेछन्।

प्रकाशित : आइतबार, कार्तिक १६, २०७७१७:५८

भोलि कार्तिक १८ गते मंगलबार, कुन राशिलाई कति शुभ ? हेर्नुहोस् दैनिक राशिफल !